सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साथी महिमा

Nepal Telecom ad

 

के भन्नु खै घाउमात्रै, कोट्याउने हुन्छ साथी ।
जैलेसुकै छिद्र खोजी, होच्याउने हुन्छ साथी ।

भन्दै सधैं गर्छु केही, नौलो कुनै जाल थाप्ने,
भेडैसरी घाँस राखी, लोभ्याउने हुन्छ साथी ।

जप्ने सधैं मित्रगाथा, राख्ने सधैं मित्रभावै,
तीखो छुरी मर्म ताकी, सोझ्याउने हुन्छ साथी ।

ठान्ने उँचो मात्र आफै, भन्दै सबै हुन् र के नै,
भन्दै सदा भाइ गल्ती, चोख्याउने हुन्छ साथी ।

खै को छ त्यो काँध थाप्ने, पर्दा कुनै जिन्दगीमा,
थोरैजसो भावना त्यो, ओछ्याउने हुन्छ साथी ।

खलंगा ९, सल्यान
हालः मैतीदेवी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस