जनता भोकै छन्, शासक अघाएर कराउँछ
यो देशको ठूलो मान्छे रक्सी खाएर कराउँछ ।
नहुने हुनु छ सायद, सपना बिग्रेर आयो
रातैपिच्छे जङ्गली स्याल बहुलाएर कराउँछ ।
विद्वान्हरूमा लोभ उस्तै, गुणहरूमा बेगुण फल्छ
आश लाग्दो मान्छे चोकमा लाज पचाएर कराउँछ ।
हरिणको पाठो बिहानै गौँडा तरेर पारि गयो
यता भोको चितुवा सिकार नपाएर कराउँछ ।
उर्लाबारी, मोरङ