उखान टुक्काको सरकार
न नाकाबन्दी छ
न नाकामा जुलुस गुटबन्दी छ
तर अझै देशमा उस्तै मन्दी छ ।
नाका खुले पनि देशमा
ग्यास र तेलको उस्तै हाहाकार छ
देशमा सरकार छ भन्नु अब बेकार छ ।
ओली खाली उखान टुक्का मात्र ठोक्छन्
खै कहिलेसम्म यसरी सरकार बोक्छन्
बोलीमा अब कुनै दम छैन
सरकारमा आउने कोही पनि
कोही भन्दा कम छैन ।
कालोबजारी जनताको ढाड सेक्दै
अट्टाहास गर्दै रावण झै हाँस्छ
बिचरा सरकार निमुखा भई
यो गर्छु त्यो गर्छु भन्दै बुढो बाघ झैं कास्छ ।
के कालो बजारिया मन्त्री भालेको हुनुपर्छ
के बजारियालाई सरकारले आफै पालेको हुनुपर्छ
के सरकार आँफै कालोबजारिया थालेको हुनुपर्छ
नत्र सरकारले कुनै न कुनै कदम चालेको हुनुपर्छ ।
पैसो हाल्न सक्नेलाई यहाँ
कहिलै केही अभाव छैन
कहिले स्थिति सामान्य हुन्छ सोध्दा
सरकारसँग कुनै जवाब छैन
होइन हो केपी दाइ
तिम्रो उखान टुक्काले सरकार
कहिलेसम्म टिक्छ ?
के तिमीलाई देश यस्तै भाको ठिक छ ?
दाङ, हाल : काठमाडौं