१. धेरै धेरै बुझ्न थाले गफ युग आयो !
विज्ञानको उन्नति नै गफडीको भयो !

२. लाटा भन्ने छँदै छैनन् वाठा पनि छैनन् !
ए बाबा रे ! वुझक्कड़ को छ ? को छ ? भयो !

३. अचेल त सद्दे बोल्ने भेट्नै गारो भयो !
सद्दे बोल्ने सद्दे मान्छे छैनन् क्या हो ? भयो !

४. हावा के छ ? के छ ? गाँठे ! छक्क पर्नु भयो !
झुक्याउने दैव को हँ ? चिन्नै सारो भयो !

५. ‘यो त यो वादको’ भन्यो ! वादै चिन्न गारो !
उज्यालो छ झलमल ठम्याउनै गारो !

६. हररर हावा चल्छ ! आँधी नै पो चल्छ !
भूकम्प छ ! मार्यो ! भन्यो ! बाँचेकै छौं ओहो !

७. यो त अँहँ ! ठिक छैन ! अर्को रोज्यो उस्तै !
ठाउँ छोडी कहाँ जानु ? कस्तो गारो भयो !

८. सत्य कुरा गर्ने यहाँ गनगने हुन्छ !
चिल्लो चिप्लो घस्ने भाजु जौडे वाठो भयो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा