सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झापाको विशिष्ट पुरस्कार

Nepal Telecom ad

झापा, २२ फागुन, २०७२ । रुद्रगौरीश्रीअम्बिका ओली प्रतिष्ठानको आयोजनामा विर्तामोडमा एक भव्य एवं सभ्य समारोहका बिच विभिन्न चार विधाका व्यक्तित्वहरूलाई चारवटा पुरस्कार प्रदान गरियोे ।

समारोहमा भोलामान सिंह बस्नेतलाई रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको रुद्र प्रसाद ओली स्मृति कृषि पुरस्कार, मथुरादेवी कुँवरलाई रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार, प्रा. मोहनराज शर्मालाई रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अम्बिका देवी ओली साहित्य पुरस्कारद्वारा सम्मानित गरियो । रिवाज श्रेष्ठलाई रु. ५१ हजार १ सय ११ रुपैयाँको देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीको अध्यक्षता रहेको सो समारोहमा नेपाल सरकारका उपप्रधान मन्त्री चन्द्र प्रकाश मैनालीको प्रमुख आतिथ्य रहेको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती र भाषाविद् एवं समालोचक चूडामणि रेग्मीको विशेष आतिथ्य रहेको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad