सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय मच्छड महात्म्य !

Nepal Telecom ad

जति भगायो उति आउँछ । बस्न खोज्छ । भोजन चाहियो भन्छ । डर मानीमानी चुच्चो धस्न खोज्छ । शरीर हल्लाएर दिन्न, नआइज भन्दा पनि मान्दैन । ज्यान जाला डराउँदिन पो भन्छ । तर, मौकामा चौका हानेर छाड्छु भन्दै सुइकुच्चा पनि ठोकिहाल्छ । मौका मिल्यो कि फर्की पनि हाल्छ ।

नखाएरै मर्ने भइयो बरू खाएर मरूँ भन्छ । दाउ भेटेमा हेर्न छाडेर छेर्नु पट्टि लाग्छ । छेरेरै मर्नु जाति भन्छ । र, अटेसमटेस हुने गरी घिच्छ । चलमलाउन नसकेपछि भाग्न पनि सक्दैन । त्यतै कतै ढाडिएर सुस्ताउँछ । रक्त दाताले थाहा पाइहाल्यो भने बेस्कन लबटो बर्साउँछ । त्यसपछि त लासको अत्तोपत्तो हुन्न । दाताको हात आफ्नै रगतले लत्पतिन्छ ।

त्यसको वास्तविकता यही हो । यो किन जन्म्यो ! र, किन सहजै मृत्यु वरण गर्छ ? फेरि हुलका हुल जन्माएर प्रकृतिले किन व्यवस्थापन गर्न सक्दैन ? किन सहरलाई बढी गाँज्छ ? किन गाउँलाई परित्याग गर्छ ? फोहोर आखिर फोहोरै हो । मच्छड आखिर मच्छडै हो । जय मच्छड महात्म्य !!!

तपेश्वरी–१, उदयपुर ।
हाल : श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
छलछाम छात्ते छ पार्टी

छलछाम छात्ते छ पार्टी

नन्दलाल आचार्य