सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कम्युनिष्ट पनि खुँगामा

Nepal Telecom ad

केबाट कसको पुर्खा कहाँथिम् फुत्त उम्रियो ?
त्यसरी उम्रँदा देख्ने त्यहाँथिम् अरु को थियो ?
माटोसित त्यहाँ त्यस्को सिधा सम्बन्ध के बन्यो ?
“यो ठाउँ अब मेरो हो” कस्ले यस्तो कहाँ भन्यो ?

खेती आवासको ज्ञान जन्मजातै थियो कि के ?
आजको भव्य आवादी त्यत्तिकै जन्मियो कि के ?
नत्र को आदिवासी हो कुनचाहिँ जमीनको ?
यायावर थियो मान्छे को कताको कता पुग्यो ।

जलस्थल प्रलयका कुरा छन् इतिहासमा
कुनै कतै रोकिए हुन् हिँड्दाहिँड्दै प्रयासमा
माटैको त गरे पूजा जहाँ जो जो पुगे पनि
आमा बनेपछि धर्ती साक्षात् सन्तान जो पनि ।

आदिवासी पुरावासी प्रवासी आदि नामले
धर्तीसन्तानका बीच विभेदै गर्नुपर्छ के ?
विदेशी धनका लागि एनजिओले त जे गरे
राजनेताहरू सारा किन त्यो जालमा परे ?

आदिवासी पश्चवासी जाति वा जनजातिको
चर्को विभेदको खेती एन्जिओ उपलब्धि हो
दाताका स्वार्थ होलान् नै यसका लागि आतुर
कम्युनिष्ट पनि पर्छन् खुँगामा कि आखिर ?

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’