सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुको बथान

Nepal Telecom ad

१.

मध्यरातमा
सूर्यबिनै उज्यालो,
यो मेरो ठाउँ !

२.
सूर्य सहित
या रहित, उज्यालो !
यो मेरो गाउँ !

३.
मनमा अनि
मस्तिष्कमा, उज्यालो !
यो मेरो ठाउँ !

४.
बाह्य अँध्यारो
मनभित्र उज्यालो,
यो मेरो गाउँ !

५.
आत्माहरूमा
उदाएको छ घाम !
यो मेरो ठाउँ !!

६.
ऐना अगाडि
मेरो बिरालो र म
बस्, हामी दुई !

७.
एक् अर्कालाई
हामी हेरी नै रह्यौं
ऐना अगाडि !

अन्त्यमा एउटा छोक

मेरो बिरालो
उस्ले मलाई चिन्यो,
उ हेरी रह्यो !
मलाई चिने झैँ गरि
बस्, उसले त
आफूलाई चिनेन !
आफूलाई चिनेन !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी