सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जयभोलि जिन्दावाद

Nepal Telecom ad

आफू त कुनै पनि काम आज नगर्ने
जसले जति अह्राए पनि सर्दै नसर्ने
आजै काम खोज्ने सबै निन्दावाद
आफू त भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

तपाईंको काम आजै गर्ने
हाम्रो कुनै ठेक्का छैन
ल जानुस् भोलि नै आउनु होला
तर भोलि पनि कुनै पक्का छैन
तपाईंको काम मन्त्रीले तोके पनि
आज त हुँदै हुँदैन
आज आउने भोलि जाने मन्त्रीको शक्तिले
हामीलाई छुँदै छुँदैन
जबरजस्त गराउन खोज्ने निन्दावाद
आफू त कट्टर भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

प्रजातन्त्रवादी आए टेरिएन
मावोवादी पनि आए हेरिएन
गणतन्त्रवादी आए पनि कोही फेरिएन
तपाईं जुनवादी भए पनि
आज दर्ता गरी जानुस्
भोलि नै आउनु होला
धेरै किचकिच गरेपछि
झन दुख पाउनु होला
आजै काम खोज्ने सबै निन्दावाद
आफू त खाँटी भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

जागिर पनि खानै प¥यो
चाकरीमा पनि जानै पर्यो
त्यसैले हामीले त
हिजोको काम आज गर्ने हो
आजको काम भोलि गर्ने हो
ल जानुस् आज, भोलि नै आउनु होला
नभए भोलिको भोलि आउनु होला
बरु यसो जाँदा
भोलिवाद जिन्दावाद नारा लाउनु होला
आज नै हुनुपर्छ भन्ने सबै निन्दावाद
आफू त भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

जागिर खाएपछि
राजतन्त्र होस् कि प्रजातन्त्र होस्
लोकतन्त्र होस् कि गणतन्त्र होस्
सबै एकै खाले ठान्ने हो
आफू कट्टर भोलिवादी परियो
भोलिवाद मात्र मान्ने हो
त्यसैले सबै वाद मुर्दावाद
जयभोलि जिन्दावाद ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे