सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चट्याङ निर्मित चौबिस उखान

Nepal Telecom ad

१. कारिन्दा र जनता कहिल्यै खुसी हुँदैनन् ।
२. काङ्ग्रेसलाई मेजोरिटी र नपुङ्शकलाई केटी ।
३. आए करोड, गए जाबो लोकतन्त्र ।
४. नेताको आश, जनताको उपवास ।
५. जसले जित्यो, उही मेरो ।
६. जितेको नेताले भोटर चिन्दैन ।
७. काङ्ग्रेसको न कम्निस्टको ।
८. मन्त्री नभै लोकतन्त्र देखिन्न ।
९. कानुनले राज्य चल्ने भए नेता किन चाहियो ?
१० नोट हुनेलाई भोटको के दुःख ?
११. घरको छोरो टेर्दैन, आफू देशको नेता ।
१२. भोटले पेट भर्दैन ।
१३. जुस नखाने बिरामी र घूस नखाने नेता टिक्दैनन् ।
१४. जसले भोट दियो, त्यसकै चाकडी माग्नु ।
१५. जनता कमजो भए पो नेता बलियो हुन्छ ।
१६. नेता भनेर चिनेपछि त्यसकै पछि किन लाग्नु ।
१७. जिते स्वच्छ, हारे धाँधली ।
१८. एउटा पार्टी नफुटी अर्को पार्टी ठूलो हुँदैन ।
१९. गाविसमा नजित्नेलाई संसद हुने धोको ।
२०. नेताको मुख थाक्दैन, आफ्ना हात थाकिसके ।
२१. पियनको पहुँच मन्त्रीतक ।
२२. कहाँ जान्छस् नेता सिंहदरवार ।
२३. हिजोका कैदी आजका नेता ।
२४. थोरै खाए पो घूस, धेरै खाए त चन्दा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर