सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शास्त्र नै हुन्छ टर्रा !

Nepal Telecom ad

ढाँचा ढर्रा, अतिसय बढी, चढ्न थाल्यो विकार
बच्ला हाम्रा ? गहन मतका, दिव्य संस्कार सार ।
बोझा बन्दै, जब जगतमा, दम्भको ढोल बज्छ
अग्ला सग्ला, ऋृषि–मन यहाँ, खस्छ पाताल खस्छ ।।१।।

हाम्रा कय्यौं, प्रचलन–प्रथा, बिग्रदै भत्कदै छन्
खाना नाना, बसउठ सबै, बिच्कदै चिप्लदै छन् ।
फिल्मी शैली, अमिर जनको, नक्कलै गर्न थाल्यौ
हेर्दा हेर्दै, गलत–लतमा, स्निग्ध संस्कार बाल्यौ ।।२।।

हाम्रा जन्मोत्सव अब बिहे, नाम वा क्षौर– कर्म
हाम्रा श्रध्दा, तिथि ब्रत सबै, पार्न थाल्यौ विकर्म ।
खर्चन्छौ रे, ऋृण अझ थपी, भोज वा दाईजोमा
सामन्तीका अनुकरणले, पर्दछौ घाइतेमा ।।३।।

झुम्का कल्ली, तिलहरी फुली यन्त्र बाला किलीप
ब्रास्लेटैमा उरभर नयाँ, हार औंठी विचित्र ।
कट्टी नाभी शिरभर अहा ! झल्झलाकार पारी
खर्चेका छन्, धन मन गरी, दर्प पाखण्ड भारी ।।४।।

झर्को बन्ला, प्रचलन प्रथा, दिव्य संस्कार ढल्ला ?
अग्ला सग्ला, मुनिवचन नै, बन्न सक्नेछ खल्ला ?
नेपाली हो ! बुझन मुटुले, छोड ढाँचा र ढर्रा
यस्तो गर्दा, नवपन दिने, शास्त्र नै हुन्छ टर्रा ।।५।।

धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’