सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– ९

Nepal Telecom ad

१. नाता

लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो ।
चित्त कित्ताकाट नगर दम्पती हो–
त्यसपछिको नाता टाउका माथिको लोहोरो हो ।

२.प्रेमको बैङ्क

रूपैयाँको मात्र होइन प्रेमको पनि बैङ्क हुन्छ
फोटोको के कुरा ? हृदयको पनि फ्रेम हुन्छ ।
यी सबै तन र मन झरिला हुँदाका कुरा हुन्–
आँत मरेपछि र दाँत झरेपछि सबै खङ«ङ्ग हुन्छ ।

३. जिन्दगीः एक शब्दचित्र

आकार कटाइमा परेको
जिन्दगी बाँसको चोया हो ।
बाटेर खिरिलो भएको
जिन्दगी डोरीको पोया हो ।
तर असफलता हात लागेपछि
जिन्दगी छोडाएको मकैको खोया हो ।

४. आशा

भीडतन्त्र प्रजातन्त्रलाई आहत भो
प्रजातन्त्र जनताको चाहत हो ।
बजार महङ्गीको मुरली बजाउँदै छ–
फगत आन्दोलन नै अहिलेलाई राहत भो ।

५. सन्तान

प्रीतिभोजमा आएका पाहुना झैँ हुन् सन्तान
मीठो भए प्रशंसा, नमीठोमा दन्तबझान ।
पखेँटा लागेपछि गुँडमा नफर्कने चराका बच्चा झैँ
बाउआमा कल्पिन्छन्– ‘दुई सन्तान ईश्वरका बरदान ।’

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी