अहो ! मान्छे बने के–के, छक्क पर्छु !
उँधो बग्ने नदी छेके, छक्क पर्छु !

छहारी भै ज–जल्लाई ओत दिन्थेँ !
उनैले पो झनै सेके, छक्क पर्छु !

थियो जे–जे सबै बाँडे प्रेमले, झन्
तिनैले माथमै टेके, छक्क पर्छु !

बनेँ ऐना, सबै हेर्थे–दङ्ग पर्थे
फुटाए लौ न ! देखे, छक्क पर्छु !