सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हलेदो र चिराइतोको उखान दोहोरी

Nepal Telecom ad

हालै गोरखा जिल्लामा भएको एक कार्यक्रममा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को चिराइतो समूह र पूर्वकमरेड बाबुराम भट्टराईको हलेदो समूहबीच चलेको उखान दोहोरी जस्ताको तस्तै :

हलेदो : आकाशलाई थुके आफ्नै मुखमा छिटा पर्छ कमरेड प्रचण्ड । म आकाश हुँ, मतिर धेरै नथुक ।

चिराइतो : हो हुन त, हलेदो भनेर चिनिसकेपछि नकोट्याउँ भन्छु, कोट्याउँ कोट्याउँ लाग्छ । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि भत्काउँछ भन्थे, हो रहेछ ।

हलेदो : आफ्नो थैलीको मुख राम्ररी बाँध कमरेड, मलाई दोष नदेऊ । रिस गरेर के गर्छौ, रिस रह्यो आफ्नो साथ, भाउजू रहिन् दाजुका साथ । दुनियाँको साथ र समर्थन मेरैतिर बढी छ ।

चिराइतो : आमाको दूध चुसेर पुगेन, पराइको घुँडो चुस्न थाल्यौ, पायौ होला नि नक्कली माया । ख्याल गर, अरूको लाख आमाको काख ।

हलेदो : बुझ न सुझ हगनगौँडी पुज, मैले कसको घुँडो चुसेँ ?

चिराइतो : पीएचडी गरेको मान्छे, आँ गर्दा अलङ्कार बुझ्छु भन्थ्यौ, लाटो देशको गाँडो तन्नेरी न पर्यौ । नेपाल आमाको दूध चुस्नुसम्म चुसेर अब इन्डियाको घुँडो चुस्न गयौ ?

हलेदो : आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रो । काम छउन्जेल भाँडो सकिएपछि ठाँडो गरेर मेरो खेदो खन्या होइन ऊ बेला ?

चिराइतो : जुन थालमा खायो, त्यही थालमा फोहोर गर्न थालेपछि काँक्रा चोरलाई मुड्के सास्ती नदिई भयो त ?

हलेदो : हाम्रा हातमा पनि दही जमेको त थिएन तर रछ्यान चलाई मुखमा छिटा भनेर चुप लागियो । भैगो नि, लुटको धन छँदैछ, बिहान–बेलुकै फुपूको सराद्धे गर, बस । साँढेका पछि लागेको स्याल जस्तो मलाई किन पछ्याउँछौ ?

चिराइतो : बाख्रो हराएको भन्दा स्याल पल्केकोमा डर भो । हाम्रा बारीमा छिरेर बाख्रा चोर्न खोज्ने स्याललाई धपाउनु परेन ?

हलेदो : धाक भन्दा धक्कु ठूलो, हिँड््न लाग्यो खुट्टो लुलो । मेरो नयाँ शक्तिको शक्तिले तिम्रो दिनको भोक न रातको निद भा’छ, फुर्ति लाउँछौ !

चिराइतो : अँ, अब फिल्मका हिरो, हिरोइन, नर्तकीहरू पनि भेला गरेर संगत गर, तिम्रो नयाँ शक्ति आउने चुनावमा सबैभन्दा ठूलो पार्टी बन्छ । कस्ता कस्ता कहाँ गए, मुसाको छोरो दरबार । कुचाले बढार्नुपर्ने आफैँ गयौ, आनन्दै भयो ।

हलेदो : गोज्याङ्ग्र्राको लँगौटी जस्तो तिम्रो थोत्रो पाटी, यता छोप्यो उता देखिन्छ, उता छोप्यो यता देखिन्छ । हेर्दै जाऊ न, मर्या स्याललाई जुम्राले छाडेजस्तो सबैले छाड्छन् तिमीलाई अनि थाहा पाउला ।

चिराइतो : मालपुवा चोर गाउँको पाले बनेको पोल कति दिन लुक्छ, हेरौँला म पनि । सज्जनसँगको मित्यारी शिलापत्र, दुर्जनसँगको मित्यारी अलपत्र भन्थे, दुर्जन रहेछौ, पार्टीलाई अलपत्र पारेर हिँड्यौ । ए बाबुराम ! तै रिन् तै रिन् बूढी बाख्री किन्, कि फर्किन्छौ त पार्टीमा ?

हलेदो : कि हस्तिनापुरको राज गरिन्छ, कि चपरीमुनि बास बसिन्छ । तिम्रो झुत्रे पार्टीमा आइँदैन ।
चिराइतो स् उत्ताउलो गाई बाघले खाई । भुतुक्कै भएको देख्न पाए पनि हुन्थ्यो नि !

हलेदो : झिँगाका सरापले डिँगो मर्दैन कमरेड । बाइबाइ ।

नेपाल, चैत्र ५, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे