डाक्टर र वैद्य भएको पार्टीका प्रभावशाली व्यक्तित्व, राजनीतिमा विशेष दख्खल भएका महापुुरुषलाई नेपालले पहिलो पटक प्रधानमन्त्रीको रुपमा पाउँदा आम नेपालीले ठूलो आशा राखेका थिए । पहिलो पटक डाक्टर राष्ट्रपति र डाक्टर प्रधानमन्त्री बनेको नेपालको इतिहासमा नयाँ रेकर्ड हो । संक्रमणकालिन राजनीतिक तरल अवस्थालाई एउटा नयाँ स्वरुपमा रुपान्तरण गरेर नयाँ नेपालको थालनी गर्लान् । नेपालले साँच्चै नै काँचुली फेर्ला र आम नेपालीहरूका दुखका दिन दुर भई सुखका दिन फिर्लान् । राजनीतिमा स्थिरता आउला । भनेको त ती सपनाहरू त केवल सपनामा मात्र सीमित भइरह्यो ।

अविकास, ढिलासुस्ती र अनिर्णयको चिरफार, शल्यक्रिया समयमा नै गर्नेछु । गर्न नसकेमा एक मिनेट पनि कुर्सीमा टाँसिएर नबस्ने प्रतिवद्घतासाथ सरकारमा गमन गरेका हुन् । भनिन्छ हानेको गोली र बोलेको बोली फर्कदैन । जनमुक्ति सेनालाई समायोजन गर्ने, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने, ढिलासुस्ती, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, बेरोजगारीलाई रोजगारको व्यवस्था गर्ने, एक घर एक रोजगारको व्यवस्था मिलाउने आदि थुप्रै नाराहरू अगाडि सारेका थिए । कम्तीमा काम गर्ने सवालमा माखो नमारे पनि हावामा योजना बनाउन सफल त भएनि । महङ्गी नियन्त्रण होला । गरिबहरूले राहतको महसुस गर्न पाउलान् भनेका त उल्टै महङ्गीले आकास छुनेगरी चुलिएपछि झन् समस्याको घाउमा नुनचुक दल्ने काम मात्र भयो । नेपाली जनताले झण्डै सात दशकको त्याग र बलिदानबाट प्राप्त संविधानसभाको दाहसंस्कार गरियो । अराजकता, भ्रष्टाचार, असुरक्षा, राजनीतिक संक्रमणलााई चरम उचाईमा पु¥यायो । मुस्ताङ गाडी चढ्दैमा सबै समस्याको हल हुने होइन । जनताका घरघरमा गएर जनताका पीर गुनासाहरू सुन्दैमा जनताका समस्याहरू दुर हुने होइन । जनताका पीर व्यथा । ढिलासुस्ती, भ्रष्टाचार आदिका बारेमा जनगुनासाहरू सुन्न जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउदैमा जनताका समस्याहरू सुल्झिने हैन ।

यदि बाबुराम भट्टराईसँग नैतिकता र मानवीय चरित्र अलिकति पनि बाँकि थियो भने आफूले प्रतिवद्घता जाहेर गरेका कामहरू समयमा पुरा हुन नसक्दा विगतको जेठ १४ भन्दा अगाडि राजीनामा दिन सक्नु पथ्र्याे । त्यसको बदलामा संविधानसभाको अवसान गराएर ठूलो कार्य गरेको जस्तो गरियो । आखिर जे गरे पनि हुन्छ भन्ने मानसिकतामा हुनुहुन्छ । अल्पमतको सरकार, बहुमतको सरकार, दुई तिहाइको सरकार, राष्ट्रिय सहमतिको सरकार, आदि थुप्रै खेलहरू खेलिए । खेलमा ठूलो प्रतिस्पर्धा भयो । सबैले जिते आखिर नेपाली जनतामात्र पराजित भए । आफ्नै पार्टीका वैद्य पक्षलाई पार्टीमा अटाउन सकेनन् । वैद्य समूह ऐजेरु भएर पलायो । ऐजेरुले सकेसम्म चुस्छ र बोटलाई नै मार्न पछि पर्दैन । आफ्नो काल आफैले निम्त्याए झै लागिरहेछ । यो त एउटा तर्क न हो । काग कराउदै गर्छ पिना सुक्दै जान्छ । ऐजेरु पलाउदै गर्छ । आफ्नो पार्टी भित्रकाहरूले कुर्सीबाट गलहत्याउने अनेक बहानाहरू बनाए पनि हिम्मत हार्नु हुँदैन । नजानु इमान जमान सबै गुमेपछि अब के को डर । जसले जेसुकै भनुन्, जेसुकै गरुन् । आफ्नो मार्गबाट विचलन नभइकन अगाडि बढिरहनु । पछि पछि हामी छौँ अर्थात अघि अघि तु चल पिछे म छु । विपक्षी पार्टीका उम्मेदवारलाई विजयी बनाएर राष्ट्र प्रमुख बनाउने खेल खेलियो त्यसबेला । राष्ट्रपतिको पद पचेन । बर्तमानमा आएर शक्ति सन्तुलनको बहानामा कुनै पनि हालतमा विपक्षीलाई सरकारको नेतृत्व दिनुहुन्न भन्ने अडानमा बसिरहे । मेरो गोरुको वा¥है टक्का भने झैं अडानमा बसिरहे । सहमतिको रटान लाउन छोडेनन् । एक दिन न एक दिन त कसो नगल्ला र प्रतिपक्षीहरू ? नगले पनि केको खाँचो आपूm गरिमामय पदमा बस्न पाइएकै छ । देश बिग्रेर के भो र ? आज भन्दा अगाडिका सरकारले देश बनाएर के लछारपाटो लगाए र ? कुनचाहिँ माइकेलालले देश र जनताको भविष्य प्रति गम्भीर भएर सोचेका छन् र ?

वैद्य पार्टीबाट बाहिरिएर भट्टराई सरकारको नारी छाम्न ७० सूत्रीय मागपत्र बुझाइयो । जनयुद्घ सुरु गर्नु अगाडि तत्कालिन देउवा सरकारलाई ४० सूत्रीय मागपत्र बुझाउन अघि सरेका भट्टराईले आफ्नै कार्य कालमा ७० सूत्रीय मागपत्र बुझ्नु प¥यो । जति सूत्रीय मागपत्र पेश गरे पनि बुझाउँदै गर्ने छन् । मज्जाले बुझ्दै जानुहोस् माग पुरा गर्नै पर्छ भन्ने छैन । माग पुरा गर्न नसके पनि कुनै पनि हालतमा सरकारबाट बाहिरिने विचार चाँहि मनमा पाल्दै नपाल्नुहोस् । नेपाल सरकार के अन्य पार्टीको मात्र पेवा हो र ? उनीहरूले पचाँसौं वर्षसम्म शासन गर्न हुने के हामीले चाँहि नहुने ? जतिसुकै फकाए पनि फुल्याए पनि सरकारबाट वहिर्गमन गर्ने कामको कल्पनासम्म पनि नगर्नु होला । मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारमा आउन चाहान्छन् भने हरपल स्वागत छ । नत्र त आफ्नो अडान कसले छोड्छ । विनाफ्वाँकमा किन सत्ताबाट बाहिरिनु ? समयमा संविधान बनाउछु भनेर संविधानसभाको ढोकाबाट छिरेर त्यसको खुड्किलाबाट उक्लेर सरकारमा उक्लेको पो हो त । अब त कहाँ छ र संविधानसभाको ढोका । बाहिर निस्कने द्वार नै बन्द भैसकेको छ । बहुमतको सरकार हो भनेर रटिरहनु पर्दैन । अन्तरिम संविधान मरिसक्यो । नयाँ संविधानको जन्म भएको छैन । यस शून्य समयमा न कानुनले वाधा पु¥याउन सक्छ । न अन्य पार्टीका नेताहरूले नै । कुन आधारमा सरकारबाट बाहिरिनु प¥यो र ? आधारहिन कुरा गरेर समयको मात्र बर्वाद गर्नु छ्रैन । त्यसैले हिम्मतका साथ अगाडि बढिरहनू । अघि अघि तु चल पिछे म छु ।

प्रतिपक्षी दलहरूले जतिसुकै अनुनय विनय गरेपनि, धम्क्याए पनि सरकारबाट बाहिरिने सपना देख्नु हुँदैन । एक तृतीयांश बजेट ल्याएर अघिल्लो चार महिना पार लगाइ हालियो । पुनः अर्काे बजेट पनि ल्याइ हालियो अब असार मसान्तसम्मलाई त ढुक्क भयो नि । आगामी नयाँ सालको प्रारम्भमा नै संविधानसभाको निर्वाचन गर्ने भनेकै छौँ सके निर्वाचन होला नभए नि के को पीर ? काग कराउदै गर्छ पिना सुक्दै जान्छ । कागसँग पिनाको के को सरोकार ?

मन्थली– २, रामेछाप