सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घैँटेको घैँटो

Nepal Telecom ad

नयाँ घैँटो फेरौँ भन्यो
यो घैँटेले मान्दै मान्दैन
जति कुरो सिकाए पनि
उचित ठान्दै ठान्दैन
टन्टलापुर घाममा पनि
यो घैँटोमा घाम लागेन
घाम लागे पनि काम लागेन ।

जस्तो पानी हाले पनि ठुस्स गनाउने
मुखमा हाल्यो कि वाक्क बनाउने
घैँटो फेर्न पनि खोज्या हो
नयाँ घैँटो पनि रोज्या हो
तर यी पुराना घैँटाहरूले
जति हल्ला गरे पनि टेर्दै नटेर्ने
नयाँ घैँटोको त मुखै नहेर्ने ।

जति पानी हाले पनि
पानी कता कता हराउने
पानी खान नदिएर
हाम्रै बिजोग गराउने
चैत बैशाखको घाममा पनि
यी घैँटेको घैँटोमा घाम लागेन
घाम लागे पनि काम लागेन ।

कस्ता कस्ता घैँटा यिनी
नयाँलाई मौका नदिने
मौका दिए पनि
पानी ल्याउने नौका नदिने
जस्तो सफा पानी हाले पनि
फोहर बनाउने
यिनको अनुहार हेर्यो कि घृणा
घनघोर आउने
पारिलो घाम लागे पनि
घैँटेहरूको घैँटोमा घाम लागेन
घाम लागे पनि कुनै काम लागेन ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे