सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

असफल नेताको सफल घोषणा

Nepal Telecom ad

हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।
मन्त्रालयको व्यापक हेरफेर गरेर द्वन्द्व, बन्द र गन्ध त्रि-मन्त्रालय खडा गरी यसलाई अझ अघि बढाउने र एकापसमा लडाउने महामन्त्री नियक्त गरिएको छ । द्वन्द मन्त्रालयको कार्यक्षेत्र जोइपोइको झगडादेखि दलले फलमा बल गर्ने भागबण्डामा डण्डा चलाउने अधिकार दिइएको छ । मेरो गोरूको बार्‍है टक्का एवं झुट बोल्ने छुटका अतिरिक्त लूट खुलेआम गर्ने व्यवस्था मिलाइएको छ ।
बन्द मन्त्रीले बाटोबन्द, नेपाल बन्ददेखि ढोका बन्द र नियोजनका बन्ध्याकरणको जिम्मा दिँदै चित्त नबुझेमा आँखाबन्द गर्ने तर मुख बन्द नगर्ने निर्णय गरिएको छ । बन्ध व्यापार एवं कमिशन नआउने काम बन्द र आफूलाई नोक्सान पर्ने परिबन्दमा बन्दोबस्ता मिलाउनु एकमतले सहमत गर्ने निर्णय भएको छ ।
गन्ध मन्त्रालयले काठमाडौँको बिगे्रको वायु देखि अपचले छोडिने अमानवायु जम्मा गरी कुमन्त्रीहरूको ग्याँस आपूर्ति हुनेछ । गन्ध बन्द भएमा नगरका वासिन्दा बाँच्न नसक्ने भएकाले जतिसक्दो फोहर थुपार्ने काम सम्बद्ध मन्त्रालयलाई प्रदान गरिएको छ । बुद्धिजीवीहरूको दिमागमा गोवर भरिँदै गएकामा खुशी प्रकट गर्दै यसलाई मलका रूपमा प्रयोग गरी दुनियाँलाई दङ्गदास पारिनेछ । दिमागमा गोबर भरिँदै गएका सांसद, मन्त्रीदेखि नेताहरूको टाउका माथि थप जीवजन्तुको लिदी हालेर लिदिनै बढाउने प्रविधिबाट देशमा हाइसन्चो हुने हुँदा कुकुर, मुसा, गधा, भालु आदिको सङ्ख्या बढाउन बल गरिनेछ ।
अब उप्रान्त प्रशासनलाई बलियो बनाउन एउटा सचिवबाट काम नचल्ने देखिँदा अनुकूल र प्रतिकुल दुई दुईजना सचिव, निर्देशकदेखि हेडमास्टर र ढोल पिट्ने बेन मास्टर खटाइने र काम पटाइने काम हुनेछ । एउटाले भन्या नटेरे अर्काले गर्न बाध्य पारिनेछ । घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ । डबल नियुक्ति पाउनेले नियुक्ति पत्र पाउनेबित्तिकै कार्यालयको कुर्सीमा दौडेर पहिला पुग्नेलाई कुर्सीमा पदस्थापन गरिनेछ ।
देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ । यसको प्राथमिकता सम्बद्ध जिम्मेवार संस्थालाई अग्राधिकार प्राप्त हुनेछ ।
देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ । अविवाहितलाई शान्तिका लागि एकान्तमा बस्न, उठ्न सुत्न सुरक्षा प्रदान गरी स्वतन्त्र रूपमा लठ्याउने औषधि प्रयोगमा पनि छुट हुनेछ । बाँकीलाई शान्तिवाटिका स्वरूप सार्वजनिक स्थलमै खुला विचरण आचरण गराइनेछ । शान्ति सुरक्षाको जिम्मा चोरलाई साँचो सुम्पने नीति अख्तियार गरी जेल परेका र पर्ने आचरण गरेकालाई बाहिर छोडिनेछ । शान्ति सुरक्षामा लागेकालाई चोरको जिम्मेवारी सुम्पिइनेछ । दल दलका बुद्धिजीवीले आˆनो बुद्धि प्रयोग गर्न नसकेको असक्त अवस्था सुधारका लागि बेवकूफलभन्दा दलदलले नै हण्डी स्वरूप बाँड्न बाध्य पारिनेछ । यसरी ख्वाइने र पाइने हण्डी नेतादेखि कार्यकर्तासम्म आयकर लाग्नेछैन । बरू कर आय हुनेछ ।
सबै सफललाई असफल र असफललाई सफल पार्न मन्त्री र मन्त्रालय हेरफेर र फेरहेर गरिनेछ । विद्युत्मा विरोध बढेकाले \’लोडसेडिङ मन्त्री नियुक्ति गरिएको छ । पानी खुवाउन नसक्ने पानीमरूवा जलमन्त्रीलाई मलस्रोत मन्त्री बनाइएको छ । मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिएको छ । देशमा सजिलो आम्दानीको स्रोत विचार गरी लूटपाटलाई सङ्गठित रूप दिनुका अतिरिक्त सुरक्षा निकायबाटै चोरलाई सुरक्षा दिने व्यवस्था सुरू गरिएको छ । सबै व्यापार फेल भएकाले बढी आम्दानी भित्र्याउने लागू औषध व्यापारमा प्रोत्साहन गर्न सबै सम्बद्ध मन्त्रीले लागू औषधि खाएको अभिनय गर्न सिकाइनेछ । बेकारी बढेकाले त्यसलाई रोजगारी स्वरूप राजनीतिक नियुक्ति पाउने टिके हाकिम, प्राज्ञ, कवि, कलाकार सबैलाई विभेद विना आ-आफ्नो क्षत्रेमा भ्यासेक्टोमी कार्य गर्न खटाइनेछ । नगद दिने सम्भावना भएमा बडेमानको सम्मान भिडाइने छ । दलका नेताहरूमा कुकुरको स्वभाव देखिएकाले रेविज कन्ट्रोलका लागि पशु चिकित्सालय बढाउने निर्णय जनतालाई सुम्पनु पर्ने र प्रधानमन्त्री चुन्न कठिन परेकाले उपाय पत्ता लगाउनेलाई नै प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण पुरस्कार स्वरूप प्रदान गरिनेछ । यसरी जनताले असफलमा सफल नेतालाई अबको आन्दोलनमा सहिदको सङ्ख्या घटाउने गरी नेता नेतालाई नै घाँटीमा इजार कस्ने र हात खुट्टामा फलामको चूरा बस्ने गरी बाटा दोबाटामा जिउँदो सहिद स्वरूप प्रदर्शन गरी असफललाई सफल गरिनेछ । नेताको कठालो समाउने काम नेतालाई नै सुम्पिएको छ ।
असफल नेताको सफल घोषणामा विश्वास नलागे आन्दोलनमा भाग नलिने जनता जमातलाई सोध्नु होला । यो असफल नेतालाई सफल बनाउने घोषणा हो । नसंशय ।

जाउलाखेल, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
दशैँको दशा

दशैँको दशा

रामकुमार पाँडे
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी