सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चित्त बुझाउने मेलो

Nepal Telecom ad

संसारका विभिन्न मुलुकमा श्रम गरेर देशको राष्ट्रिय ढुकुटीलाई हराभरा बनाइरहेका श्रमशील नेपालीमाझ हास्यव्यंग्य र स्वास्थ्य एवं योगसम्बन्धी सचेतना कार्यक्रम ‘दुई थोपा हाँसो’ लिएर जाने क्रममा सिस्नुपानी नेपालको टोली हालै मलेसियामा पुग्यो । त्यहाँ एउटा संस्थाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा लामो समयदेखि मलेसियामा व्यापार गरेर बसेका एक जना नेपालीले आफ्ना विचार राख्ने क्रममा व्यक्त गरेका कुरा सुनेर हामी निकै भावुक भयौँ । उनी भन्छन्, ‘यहाँको विकास देखेर मनमा सधैँ छटपटी हुन्छ । खानेपानी, यातायात, ठूलठूला उद्योगधन्दा, पर्यटन, गगनचुम्बी भवनहरूलगायत अनेक क्षेत्रमा भएको विकासको गति देखेर साह्रै बेचैनी हुन्छ ।

धारामा निरन्तर पानी आउँदा पनि नेपालको सम्झना आउँछ, भान्सामा अटूट रूपमा ग्यास आउँदा पनि नेपालको सम्झना आउँछ । मलेसियाभरि कुनाकुनासम्म पुग्ने विशाल चौडा सडक र त्यसवरपरको पर्यावरण देखेर आँखा तिर्मिराउँछन्, मुटु हल्लिन्छ, भक्कानो फुट्छ । एक मिनेट पनि ननिभी बलिरहने झिलीमिली बिजुलीले यो छाती भतभत पोल्छ । जतिखेर पनि विदेशसँग नेपालको तुलना गरिराख्ने असन्तोषी मनका कारण मलाई कहिल्यै चैन हुँदैन ।’

हुन त मन बुझाउने कुरा पनि यहाँ धेरै छन् । सबै कुरामा हामी पछि परेका मात्रै छैनौँ, केही कुरामा हामी यहाँ पनि आनन्द लिन सक्छौँ । कतिपय यताका कुराले उताकालाई बिर्साउँछन्, बल्ल चित्त शान्त हुन्छ र राती निद्रा लाग्छ ।

ट्राफिक जाम मजाले भोग्न पाइन्छ यहाँ । उक्किएका सडक पेटीहरू देख्दा, पेटीमा दस–बीस जोर मोजा, पेटी र रुमाल आदि बेच्न बसेका पसले देख्दा, चोरी, ठगी र लुटपाटका समाचार बारम्बार सुन्न पाउँदा मनमा अलिकति भए पनि राहत मिल्छ । यहाँको प्रहरी देखेर मन शान्त हुन्छ । बिना कसूर पनि मान्छेलाई समात्छ र केरकार गर्छ । प्रतिरोध र्गयो भने हत्कडी ठोकेर मामाघर लगी पनि हाल्छ । २०–५० रुपियाँ हातमा राखिदियो भने छोडी पनि हाल्छ । हाम्रो नेपालमा यति साह्रै त छैन नि भन्ने सम्झिँदा चित्त शान्त हुन्छ ।

यहाँ खुब भ्रष्टाचार हुन्छ भनेको सुन्दा निकै खुसी लाग्छ । तर, भ्रष्टाचार भए पनि विकासको गतिचाहिँ भयंकर छ । कुरा के रहेछ भने यहाँ २५ प्रतिशत भ्रष्टाचार, ७५ प्रतिशत काम हुन्छ, हामीकहाँ ७५ प्रतिशत भ्रष्टाचार, २५ प्रतिशत काम हुन्छ । हाम्रा नीति निर्माता, मन्त्री, प्रशासकहरूले भ्रष्टाचार गर्न पनि यहाँबाट सिके हुन्थ्यो नि भन्ने लोभले पनि मनमा छटपटी हुन्छ ।

यहाँ मन बुझाउने अर्को कुरा छ यहाँको सुरक्षा व्यवस्था । यहाँ लुटपाटका घटना खुब हुन्छन् । ट्याक्सी चालकदेखि गुन्डा र डनहरू मात्र होइनन्, स–साना सडक बच्चाहरू समेत यो कर्ममा सहभागी हुन्छन् । बाबुआमा र पुलिसले पनि तह लगाउन नसकेका सयौँ बच्चाहरूको लस्कर बजारमा देख्न पाइन्छ ।

अपहरण र लुटपाटमा नेपालीहरूको समेत संलग्नता देखेर त झन् दंगै परिन्छ । अर्काका देशमा आएर पनि उनीहरू पौरख गरेर बसेका छन् । देशको इज्जत जाला भनेर उनीहरू प्रायस् नेपाली दाजुभाइलाई नै ठग्ने र लुट्ने गर्छन् । कैयौँ नेपाली छन्, कामका नाममा सिन्को नभाँची पनि महिनामा लाखौँ रकम कमाइ गर्छन् । त्यस्तो देखेपछि गर्वले छाती ढक्क हुन्छ हाम्रो । बाँकी अनुभव अरू साथीहरूले सुनाउनु हुनेछ । धन्यवाद !

नेपाल, चैत्र १८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे