सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भुस्याहा कुकुर

Nepal Telecom ad

कवाडीलाई देख्यो कि
आफ्नो बच्चा चोर्न
आएको हो झैं भुक्छ
अली बलियो बाङ्गोलाई देख्यो भने
पुच्छर सेप्दै लुक्छ
दिनभर के मासु पसल
के भट्टी पसल ढुक्छ
पायो भने खायो
नत्र नभए पनि पुग्छ ।

गल्ली गल्लीमा अखडा छ
फलेका छन् फुलेका छन्
गोब्र्याउँदै तुर्क्याउँदै
जहाँ तहा डुलेका छन्
ढाक्रे झैं थाकेर
चोर आउँदा पनि उड्दैनन्
मान्छेको सिको गरेर
कार्तिक पनि कुर्दैनन् ।

नगरपालिकाले पनि
न यिनलाई यतै पाल्छ
न कतै लगि फाल्छ
न चोर डाँकालाई जस्तै
जेल लगेर हाल्छ
बगानमा होस् कि पार्कमा
भुस्याहा कुकुर फालाफाल छ ।

भोट बैंक भएको भए
पार्टीका भरमा हुन्थे
नोट बैंक भएको भए
मान्छेका घरमा हुन्थे
न काटी कान हुने
न साटी खान हुने
न बाँडी खान हुने
न चाटी खान हुने
न यिनलाई जोत्न मिल्ने
न यिनको गोबरले पोत्न मिल्ने
सब कुरामा यि बेकाम छन्
त्यसैले होला भुस्याहा कुकुर
खाली नामले बदनाम छन् ।

कतै कतै सुनिन्छ
भुस्याहा कुकुर अचेल काम लाग्दैछन् अरे
होटेल रेस्टुराँमा मम सेकुवासँग पाक्दैछन् अरे ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे