युगज्ञान साप्ताहिक (२०२६) सुचारु भएकै अवस्थामा जुही २०३८ को जन्म भयो– जेठो छोरो सम्पादक प्रकाशक भएर । मैले त सम्पादक भए पनि धेरै अङ्कमा आफूलाई सम्स्थापक नै लेखेँ । यो लेख्नुको पछाडि तत्कालीन प्रशासनको म माथि टेढो आँखाले हेर्नु थियो । यतातिर नलागौँ । मैले जुहीका प्रारम्भिक अङ्क प्रकाशन गर्दा ‘कडा नीति’ लिएको रहेछु –लेखक वाहेकलाई सित्यंै पत्रिका नदिने र जोसुकैका रचना जुहीमा नछाप्ने । (वनारसमा पढ्न वस्दा इलाहावादवाट निस्कने ‘कहानी’ पत्रिकाको झैं स्तर राख्ने मनसायले होला !) यो मेरो निर्णयको धेरै जना सिकार भए, ती मध्ये एक जना रविमान लमजेल सम्झन्छु भने अर्का थिए धरमपुरे यिनै डम्वर घिमिरे । डम्वर घिमिरेले नै यस्तो लेखेका रहेछन्–
मैले आफ्नो कुरो तेर्स्याएँ– मेरा पनि केही रचना तपाइँको पत्रिकामा छपाइदिनु हुन्थ्यो कि भनेर ।
उहाँले भन्नुभयो– हुन्छ, जुहीमा चाहिँ हुँदैन, युगज्ञानमा छपाइदिउँला, पठाइ दिनु न ।
चूडामणि गुरु र यथार्थ कुरा
चूडामणि रेग्मी : पूर्वाञ्चलका मोतीराम (२०५७) पातो ९१
तर यो कडा नीति धेरै दिन रहेन । सायद यो कडा नीतिवाट मनमा विझेका डम्वर घिमिरेको परिचय र रचना जुहीको ३६ अङ्क (२०५०) मा मात्र छापियो । प्रतिभा परिचय गराउन निकै सुर्रिने मैले परिचय सँगै कविता पनि छापेँ । परिचय यस्तो थियो–
डम्वर घिमिरे
झापाका कविगोष्ठीहरूमा टुप्लुक्क टुप्लुक्किने कविहरूमा डम्वर घिमिरे पनि अ‍ेक हुन् । उनी प्राय हास्यव्यङ्ग्य भअ‍ेका कविता सुनाउँछन् । २००२ मा खोटाङको रावा हौचुरमा जन्मी शास्त्री (२०४०) भअ‍ेका घिमिरेको पेसा शिक्षण हो । उनी मोती मा.वि. धरमपुर झापामा शिक्षक छन् । २०२७ सालदेखि उनले लेख्न थाले र उनका केही रचना २०३५ देखि छापिन थालेका हुन् । रकेट, त्रिरत्न, साप्ताहिक विचार, शनिवार, लोकमत, सूर्योदय, हिजोआज आदि पत्रपत्रिकामा उनका रचना प्रकाशित छन् । हास्यव्यङ्ग्य, उपन्यास, गजल सङ्ग्र्रह, कविता सङ््ग्रह उनका प्रकाशनोन्मुख मात्र छन् । छापिएका थोरै छन् र कवि गोष्ठीमा भने धेरै सुनाएका छन् । समाजलाई अगाडि वढाउने विचारतिर आस्थावान् कवि घिमिरेका कवितामा ठाडो फलाको नभअ‍ेर रुप र वस्तुको मिसौट आशाप्रद रुपमा भअ‍ेको पाइन्छ ।
–जुही (पूर्र्णाङ्क ३६) पातो २२

परिचय पछि ‘केही मुक्तक र गजल’ शीर्षक भित्र डम्वरका निम्न लिखित मुक्तक र गजल प्रकाशित छन् । ती यी हुन् १. सगरमाथा २. शिरदेखि पाइलासम्म ३. जवानी चढ्यो ४. गजल
यी मुक्तकमा हास्यव्यङ्ग्यात्मकताको निकै राम्रो ढङ्गले प्रयोग भएको छ भने गजलमा श्रृङ्गारको प्रयोगका साथै व्यङ्ग्यात्मकताको रमाइलो जलप पनि छ । त्यसो त यी चारवटै कवितामा झापाली मुक्तक र गजलको इतिहासमा पनि विशेष योगदान दिने क्षमता वोकेका छन् ।

पूर्णाङ्क ३६ मा सफलता पूर्वक परिचय भए उपरान्त पनि डम्वरका परिचयहरू धेरै पटक जुहीमै प्रकाशित छन् । २०५६ मा प्रकाशित भएको कथा अङ्क तिन (पूर्णाङ्क ४४) मा ‘राधाको’ अन्त्य प्रकाशित छ । यो कथा लेखाइमा कुनै सिकारुको जस्तो लुते कलम छैन । पूर्णाङ्क ४८ (२०५८) र पूर्णाङ्क ४९(२०५९) मा उनका दुईवटा निवन्ध प्रकाशित छन् । पहिलोमा माधव भँडारीका विषयमा लेखिएको छ भने दोस्रोमा ‘लाप्पा’ शीर्षकमा स्वादिलो व्यङ्ग्य पस्किएको पाइन्छ । यसैगरी जुहीको स्वर्ण अङ्क ५० (२०५९) मा दुई कविता छापिएका छन्– ‘सहिदको सिन्दुर नपुछ चेली’ र ‘म किसान’ । यस पछि पूर्णाङ्क ५४ विश्व शाक्य महापुराण (२०६२) मा ‘विश्व शाक्य महापुराण महिमा’ शीर्षकमा विनोदी पाराले विश्व शाक्यको व्यङ्ग्य महिमा वखानिएको छ । यसरी पहिले कडा नीतिमा परेका घिमिरेका कथा, कविता, निबन्ध र विचारहरूले जुहीकै गरिमा बढाएका छन् ।

जुही मथ्थर रहेको वेला जुहीको सह–प्रकाशनका रुपमा २०५२ सालदेखि मेरै सम्पादन र प्रकाशनमा निस्किएको ‘यथार्थ कुरा’ पाक्षिकका धेरै अङ्कहरूमा डम्वरका व्यङ्ग्यात्मक सामग्री प्रकाशित छन् । उनी श्याम प्रसादको जन्मोत्सवको अवसरमा ‘यथार्थ रत्न’का रुपमा सम्मानित पनि भएका छन् । उनका यथार्थ कुरामा प्रकाशित केही सामग्री मैले सम्पादन गरेको ‘यथार्थ यात्रा’ नाम गरेको जुही प्रकाशनको ५१ औँ ग्रन्थ (२०६६) मा पनि उनका ‘मुक्तक र गजल’ शीर्षकमा जम्मा सातवटा सामग्री समेटिएका छन् । उनको परिचय पनि विशेष रुपमा प्रस्तुत गरिएको छ ।
उनका जुही र यथार्थ कुराका व्यङ्ग्य सामग्री पढ्नेले सजिलो भाषामा गहकिला विचार पाउने छन् । एउटा मात्र उदाहरण हेरौँ–
सहिदको धन
एक मिनेटको मौन
अरु सवै रोग लागोस् !
कवि हुने रोग कसैलाई नलागोस् !
सहिद रोग

कविलाई कवि हुने रोग किन लाग्दैन थियो ? त्यही रोग लागेर नै डम्वर घिमिरे कुदेका कुद्यै छन् । वास्तवमा, धेरै वर्षदेखि डम्वर घिमिरेका कविता सुन्नेहरू उनलाई देख्यो कि हाँस्छन् । उनलाई उनका कैयौ कविता मुखाग्र छन् । उनले रचना गरेका कविता लामा हुन् अथवा छोटा, उनले कवि गोष्ठीमा सुनाउँदा कापी पुस्तक केही हेर्नु पर्दैन सरर मुखबाट ती कविता निस्कन्छन् ।

डम्वरका धेरै विशेषता देखिए । धरमपुरमा वढा–वढा कवि गोष्ठी सम्पन्न भए । देश विदेशका वढे वढे कवि लेखक कलाकार धरमपुरमा पधारे । यस्ता हास्यव्यङ्ग्य प्रतिभा डम्वर घिमिरेको ‘भीष्मप्रतिज्ञा’ नामको पुस्तक अहिले ५४ औ पुस्तक माला प्रकाशन गर्न सक्ने जुही प्रकाशनले आफ्नो तेस्रो पुस्तक माला अन्तर्गत २०५१ सालमा प्रकाशित गर्ने अवसर प्राप्त गर्यो । यो पुस्तकको घुम्टी खोली नेपालका विशिष्ट भाषाविद् प्रा. बालकृष्ण पोखरेलका हातबाट नवरङ्गे कार्यक्रममै भयो ।

कडा नीतिकै कुराबाट यो लेख तुर्छु । सम्स्कृतका महाकवि भारविलाई उनका वावुले कहिल्यै जस दिदैन थिए रे ! त्यस्तै असल गुरुले छात्रलाई, असल सम्पादकले लेखकलाई मनमा माया राखेर कडा नीति लिंदा यो नीति असफल हुँदैन भन्ने प्रमाणका लागि डम्वर घिमिरेको उदाहरण राम्रै होला कि ?

झर्रो नेपाली घर, चन्द्रगढी, झापा