कलैयाको भरतचोकस्थित श्री देवकीलाल धर्मशालाको प्राङ्गणमा कुनै विरोध सभाको आयोजना थियो ।
विरोध सभा आयोजना गर्दै पार्टीका अध्यक्ष मञ्च र माइक पाउनासाथ पाँडेगाली गर्न थाले । फलानो दलले यसो ग¥यो– उसो गर्यो, अन्याय, अत्याचार, भ्रष्टाचार, अनाचार सबै गर्यो हामी पनि ती सब गर्न सक्छौँ । त्यस दलका नेतालाई जुत्ताको माला लाएर, चारपाटे मुडेर, नगर परिक्रमा गराइदिन्थ्यौँ । तर हामी त्यसो गर्दैनौँ, किनभने हामी प्रजातन्त्रवादी हौँ ।

भैसी–सेवक नेताले झन् फुर्ति लायो, यहाँका प्रशंसकहरूलाई लाठोले हानेर हातखुट्टा भाँचिदिन सक्छौँ । भारतबाट गुण्डा र अपराधीहरू मगाएर मान्छेलाई बेपत्ता पार्न सक्छौँ । तर हामीले त्यसो गर्न सुहाउँदैन, प्रजातन्त्रवादी भा’हुनाले ।

एउटा श्रोताले खै के नबुझेर हो अर्कोलाई कोट्यायो, अरुलाई तथानाम गाली गर्नेहरूलाई नै प्रजातन्त्रवादी भन्छन् हो ?

अर्को श्रोताले भन्यो– यसैलाई वाक् स्वतन्त्रता भन्छन् । यो नै प्रजातन्त्रको आधारशिला हो भन्छन् । प्रजातन्त्र के हो त्यो त मलाई पनि था’छैन ।

काठमाडौं