अब्दुल रहमानको प्रश्न
बिहानको मर्निङ वाक गर्दै पशुपतितिर जाँदै थिएँ । गौशालाको पशुपति छिर्ने गेटैनिर अब्दुल रहमान भेटिए बाटामा । अघि–अघि कुप्रिएको शरिरलाई बलैले घिसार्दै लुखुर–लुखुर गैरहेका ।
अब्दुल रहमान पशुपतितिर ! त्यो पनि यति बिहानै ! अचम्म लाग्दो दृश्य थियो त्यो । उनले नमाज गर्ने स्थान पशुपति हैन र फेरि यतातिर कुनै मस्जिद भएको पनि मलाई थाहा छैन । यी बुढा यता आए चैं किन हँ ! भन्ने खुल्दुलीले घर गरेर मलाई बस्नै दिएन । अनि मैले बिस्तारै उनका काँधमा हात राखेर आफ्नो उपस्थिति जनाउँदै भने– “वस्सलाम वालेकुम अब्दुल चाचा ।”
“वालेकुम वस्सलाम”
उनले अभिवादन फर्काउँन पाएका मात्र के थिए, मैले नै पुनः प्रश्न राखि हालें– “अनि यति बिहानै कता नि चाचा ?”
“आर्यघाट”– उनले एक शब्दमा उत्तर दिए ।
बुढाका मुखबाट आर्यघाट भन्ने शब्द निस्किएको देखेर मलाई झन आश्चर्यचकित बनायो । अनि मैले भनि हालें– “ठट्टा नगर्नु न चाचा, साँच्चै सोधेको ।”
“तिमीसँग किन ठट्टा गर्थें र बाबु म, साँच्चै म पशुपति आर्यघाट नै हिँडेको हुँ ।”
झापा