सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गर्भमै छोरीको हत्या ?

Nepal Telecom ad

के डाक्टर साहेबले त्यत्रो पढ्नु भएको नारीसंहारकै लागि रहेछ ? तपाइँको विद्याले त सधैँ अमुक बालिकाहरूलाई यस धर्तीमा सकेसम्म आउनै नदिने पो रहेछ ? तपाइँका प्रविधिले महिला नभए पनि सन्तान उत्पादन गर्ने उपाय सिकाएकै छ क्यारे ! अब कतारामा सुक्रकिट राखेर बच्चा जन्माउने उपाय सिकाउनोस् । किन चाहियो समाजमा महिला ? छोरीको भ्रूणहत्या गर्न तपाईले भनेजति पैसा दिइहाल्छन् क्यारे । परे यसो पेट र पैसा छाम्नोस्, धेरै पैसा झरे एक्स्रे पनि गर्नोस् । भ्रूण चिने चिनिएला नचिने पनि आमदानी भैहाल्ला । माया मोह मर्यादा मानवता मिच्दै मुटु थिच्दै चरचरी चिरेर तरतरी रगत बगाउँदै गर्दिनोस् गर्भमै छोरीको हत्या ! डाक्टर भैसकेपछि केलाज के घिन के माया के ममता ! समतामूलक समाजको सिर्जना भन्नेतिर किन लाग्ने डाक्टर ? जो आउँछ, जस्तो आउँछ, जसरी आउँछ, सम्झाउन बुझाउन नलागी बधशालाको बगरेले झैँ खोजीखोजी गर्दिनोस् गर्भमै छोरीभएर निस्कन खोज्नेहरूका गर्भपतन ।
आमा हुन चाहने पनि उस्तै भन्या बाघा मुखाँ आफैँ गएपछि बाघले बाँकी नराख्नु उसको मुर्खता ठहर्ला तर बाख्रो किन मुर्ख बनेर बाघको मुखमा जान्छन् ? यो पो अनौठो छ त ! गर्भ बोक्ने त आमानै हुन् नि आमाले आमा हुनेकै (छोरीकै) भर्ग किन पतन गराएर नैतिक पतन र शरीर जतन गर्दैनन् हँ ? जे होला होला भनेर गर्भका छोरीलाई किन जन्म दिन चाहँदैनन् आमा ? छोरी जन्माउन वीराङ्गना बनाउँन झन्जट पो मान्दारहेछन् कस्ता दूरदर्शी आमा ? बालाई के दोष ? छोरीलाई यस धर्तीमा जन्मने, बाँच्ने अधिकार आमाबाटै रोकिन्छ भने । छोराले मात्र आजको संसार चलाउने रहेछन् ? छुरी लिएर आमाका पेट चिर्न डाक्टर नै अघि सरेको धनसेवा होला कि जनसेवा होला ? महादेवका तीन नेत्र भन्थे, डाक्टरका तीन नेत्रले पो भुँडीभित्रको भ्रूण देखेछ ! ‘द्रव्येषु सर्वे वसा’ त्यसै भनिएको हो र ?
वकिलले श्रीमान् श्रीमतीमा झगडा पारेर दुबैपटिबाट पैसा झारेर कमजोर पैसापक्षकालाई हराई उनका पैसा फिर्ता दिन्छन् रे भनेको सुनिन्थ्यो । छोरीका भ्रूणहत्या गर्न आउने आमालाई डाक्टरले पनि असफल भए पैसा फिर्ता दिन्छु भनेर लोभ्याएका त छैनन् ? डाक्टरका स्वास्थ्यसेवा भनेको भ्रूणहत्या पनि हो क्यारे !
आजका आमाहरू किन छोरा मात्र जन्माएर रथका दुईचक्का पक्का पार्न खोज्छन् ? अझ नारी अधिकार भएन रे, नारी अघि बढेनन् रे पुरुषले तल पारे थिचेकोथिच्यै गरे रे ! थिच्न नदिनलाई नै जन्मन नदिएका त होइनन् ? आमालेनै जन्मन नदिएपछि किन नारीका अधिकार चाहियो ? यो त पाटी फुटेका, बुद्धि भुटेका, दिमाग टुटेका नेताले जन हित नगर्ने तर जनमत माग्ने, भित्रभित्रै चुनाबसित भाग्ने अनि अधिकार माग्ने जस्तै भएनर ? छोरी भनेर जन्मनै नदिने महिला अधिकार खोज्ने, उता भोट माग्नै नजाने जनता मेरा हुन् मात्र भन्नेको जस्तो भैहाल्यो नि ।
विद्यार्थी जाँचदेखि डराउने र स्तरीय शिक्षा भएन भन्ने, नेता चुनाबमा जान नचाहने र सरकार भएन भन्ने, महिला छोरीका गर्भ चिनेर गर्भहत्या गर्ने अनि नारीका अधिकार भएन भन्ने, उता प्रशासकनै म नेताहुँ भनेर डुक्रने, उच्च नेताहरू भने निच्च परेर हामी दाँत झरेका सिंहजस्ता भयौँ भनेर आफ्ना मुखका गास स्वदेशी शासक र विदेशी नाशकलाई चपाउन दिने । यसरी मुलुककै हरेक व्यवहारमा भ्रुणहत्या भैरहेकोले महिलालाई पनि गर्भमै छोरीको भ्रूण चिनेर गर्भपतनतिर पतनको बाटो लाग्ने प्रेरणा दिएको त होइन ?

ट्याङ्ला, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
जगत जमाउन जप्नोस् जनता

जगत जमाउन जप्नोस् जनता

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’