सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– १४

Nepal Telecom ad

१.चाकरीको फूल
यहाँ बनावटी योग्यताको हुरी चलेको छ,
संस्कृति अनास्थाको दियो बलेको छ,
सबैलाई मालामाल हुने इच्छा जागेर होला,
चारैतिर सोर्स र चाकरीको फूल फुलेको छ ।

२. जनता
खल्वाटको टाउकोमा केसको महत्व हुन्छ,
सुन्दरता प्रतियोगितामा भेषको महत्व हुन्छ,
जनता त फाटेका तास भइसकेका छन्, हजुर–
यहाँ चुनावमा मात्र राष्ट्रियता र देशको महत्व हुन्छ ।

३. अन्तर
दुई आँखाको मिलन हुनै सक्दैन
किनकि बीचमा नाकको डाँडी छ ।
फोस्रो आडम्बर देखाएर के भो ?
जनताको वास्तविकता त उही कोरा र खाँडी छ ।

४. काठमाडौं
कथा–व्यथा छरिएका छन् चारैतिर
फोहरका थुप्राहरू बडाउँदै
काठमाडौं !
हुनेहरूका लागि सधैँको सहकाल
नहुनेहरूका लागि दिनैपच्छिे अनिकाल
यो देशमा दुईवटा काठमाण्डौ छन्–
एउटा राजधानी काठमाडौं !
अर्को गरिबधानी काठमाडौं !!

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा