१. असिना होस् ! भूकम्प होस् ! खडेरी होस् ! जे होस् !
यहाँ कतै उज्यालै छ कुनै रोउन् मरुन् !

२. राज नीति सधैं होक्काँ साँढे गर्जन छ !
नेपालमा मात्र हो र ? दुखी जे जे हउन् !

३. होइन यो समाचार हो कि रुद्री पाठ !
सधैं सधैं एकै कुरा ! खाल्टा जति वढुन् !

४. देश तल ! अर्थशास्त्री विवरण भन्छ !
पैसाको त खोलै वग्छ ! निर्धा तलै परुन् !

५. पुरस्कार वढेका छन् तिरस्कारै जेठो !
केही मख्ख ! धेरै हस्स ! मार्का खप्ने खपुन् !

६. अचेल त सुविधाको ओइरो लागेको छ !
ठाउँ वस ! राम्रो वास ! अरु भड्खालियुन् !

७. कम्प्युटर जुग आयो !हेर्दा अर्कै जुग !
मर्न वाँच्न कति सारो ! खप्ने खपि रहुन् !

८. गजवे छन् यहाँ धेरै अरु उल्ल्याउने !
उल्लु पार ! मोज मार ! मर्ने मरि रहून् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा