सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– १५

Nepal Telecom ad

१. पोखरा
फेवको घुम्टोमा पसेर
माछापुच्छ्रे साइँदुवा भएको छ,
भित्र्याएर सेतीलाई पीडको दहमा
पोखरा मौन भाकामा खूब रोएको छ ।

२. प्रजातन्त्र
एकातिर, प्रजातन्त्रको भात छड्कीरहेको छ,
अर्कोतिर, नारा ओइरिएर सडक पड्कीरहेको छ,
डाडुपन्यौ हुनेहरू मख्ख छन् यहाँ
जनता खलाँतीजस्तो पेट लिएर
भोकभोकै झुत्राहरूमा तड्पीरहेको छ ।

३. अभिवादन
एकातिर,
कारैकारको ट्राफिक जाम छ ।
अर्कोतिर,
ढाकरै ढाकरको उरुङ् लाम छ ।
भनाइ र गराइमा फरक देखियो ए ! प्रजातन्त्र !!
तेरो वी.पी.लाई ‘जयनेपाल’ र
पुष्पलाललाई ‘लालसलाम’ छ ।

४. धेरै भए
यहाँ,
नीतिभन्दा नेता धेरै भए
टाउकाभन्दा फेटा धेरै भए
पुस्तकभन्दा गाइड धेरै भए
प्राविधिकभन्दा साइड धेरै भए
अन्नभन्दा घुन धेरै भए
कानभन्दा सुन धेरै भए
गुनभन्दा बैगुन धेरै भए
त्यसैले,
जागिरभन्दा भनसुन धेरै भए ।

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी