सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परिकार

Nepal Telecom ad

“माड्साब चिया खान जाऔँ” –आफ्नो काम सजिलै फत्ते नहुने अनुमान लगाएपछि दुर्गमबाट सीमित खर्च र छोटो समय बोकेर आएको दोर्जेले हाकिमलाई खुसी पार्ने प्रयत्न गर्यो ।

“म चिया खान्न ।” चिया पिइरहेको हाकिमले जवाफ दियो ।
“त्यसो भए मासु र चिउरा खान जाऔँ” – दोर्जेको विवशता उकालो लाग्यो । हिजो अफिसमै मासुच्युरा खाएको हाकिमले जवाफ दियो मैले मासु चिउरा खान्न ।
“त्यसो भए वियर खान जाऔँ” – रक्सीविना निद्रा नलाग्ने हाकिमले जवाफ दियो – “मैले रक्सी पनि खान्न ।”

दोर्जे निरास भएर हाकिमको कोठा बाहिर निस्कियो । त्यसपछि बाहिर बसेका खरदारलाई सोध्यो – “सर माड्साबले के खानुहुन्छ ?”

“उहाँले दूध, फलफूल, चिया, मासु, रक्सी मात्र होइन दाल, भात र पानी पनि खानुहुन्न ।”
“त्यसो भए के खानुहुन्छ त ?” – दोर्जे कड्कियो।

खरदारले काम्दै जवाफ दियो– “घुस र कमिसन ।”

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर