प्राणबाट छुटेको शरीर
मेरो शिर माथिको बादल कहिल्यै हटेन
त्यसैले आङमा घाम कहिल्यै लगेन
बादलहरू मडारी रह्यो
कहिले राहत वितरणको नाममा
कहिले पुनरनिर्मणको नाममा
अनी
कहिले भुइँचालो पीडित परिचय पत्रको नाममा
यहाँ नेर हो मेरो छोरा खेल्दै थियो
त्यहाँ नेर छोरी भोक लागो भनेर रुदै थिई
त्यहीँ नेर बिलायो
बैशाख १२ गते ७२ साल
सात दिनसम्म खोजियो
निसानी फेला परेन
त्यसैले आस लाग्छ
झल्को आउँछ
अझै छोरी रुँदै होली
आमा भोक लाग्यो भनेर
त्यसपछि
यी आँखाहरू कहिल्यै ओभानो भएनन्
दुखका कुराहरू यिनै हुन् कसैले सुनेनन्
बद्री काकाले भन्दै हुनुहुन्थ्यो
कम्सेकम सरकारले
पुनरनिर्माण आयोग गठन गरेको छ रे
खै मलाई पत्यार लागेन
राष्ट्रकै अग्लो मान्छेलो शिल्यान्यास गरेको
रानीपोखरी त बनेन भने
गोर्खा, सिन्धुपाल्चोक
अनि चरिकोटमा
चरा बनेर सरकार कहिले आउँछ गुँड बनाउन
यो कुरा सरकारलाई नै थाहा छैन
मैले कसरी चाल पाउनु ?
कि दिन्न भन्नु
कि त दिनु
यो सरकारको भरोसा छैन वावु
यो भित्ताको क्यालेन्डर कति फेरिने हो वावु
हिउँदसङ्ग बर्खा कति साटिने हो वावु
यी यो परालको छानो
पानी परे चुहिन्छ वावु
जिउबाट चोइटेको अङ्ग
प्राणबाट छुटेको शरीर
जनताबाट टाढिएको सरकार
छिट्टै कुहिन्छ वावु ।
भारपाङ, धादिङ