मेरो भाग्य
म
मेरो भाग्य
ज्योतिषीलाई देखाउँदै
हातहरूमा खोजे
धामिहरूलाई देखाउँदै
पातहरूमा खोजेँ
तर भेटिएन भाग्य
फेरि भाग्य भेटिन्छ कि भनी
मन्दिरहरू रोजेँ
मठहरू रोजेँ
तर कतै किटिएन भाग्य
छुट्यो कि भाग्य
पछाडितिर हेरेँ
छुटेँ कि म
अगाडितिर हेरेँ
तर देखिएन भाग्य
एक दिन महावाणी आयो
तिमी कर्म गर्दै जाऊ
तिमी धर्म गर्दै जाऊ
म खुसीले उफ्रिँदै
मठहरूमा फूलहरू चढाएँ
नभन्दै एक दिन
भाग्यले जम्काभेटमा भन्यो
तिमी त साह्रै भाग्यमानी रहेछौ
त्यसैले भगवान प्यारा भएछौ
तिम्रो पनि जाने बेला भयो
ल हिँड अब अबेला भयो
धन्य ! यो कस्तो दुरभाग्य !
दाङ, हाल : काठमाडौं