सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सजिलो उपाय

Nepal Telecom ad

अड्डा अदालतहरू किन चाहिए र
नेताहरूसित मिले डर के भयो र
जस्तै कुकर्म गर तर रत्ति डरै नमान
पार्टी कुनैसित मिले बचिनेछ जान ।।

पैसा कुरुस्त छ भने अलि बाँड चन्दा
आउन्न सामु कहिल्यै पनि ऐन फन्दा
केही करोड दिइए भवनै पुगिन्छ
राम्रो छ सांसद भनी सबले चिनिन्छ ।।

कुर्सी फुटाल ध्वनियन्त्र लिएर भाँच
रक्सी पिएर गर ताण्डव खूब नाच
मन्त्री हुने छ सजिलो यति नै उपाय
खोलै समान धनको अनि हुन्छ आय ।।

जे बेच्न लाग्छ मन मोल लिएर बेच
खोला कि वा बगर शैल कि धातु बेच
आमा दिदी र बहिनी परिवार बेच
जोद्धा बलिष्ठ भुज पाउ दिमाग बेच ।।

मर्ने लुरे मरिरहून् किन गर्नु चिन्ता
के नाम भो मुलुकको किन राख्नु लण्ठा
आफै मजा गर यहाँ नभए विदेश
भागी गई बस भनेर उही स्वदेश ।।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
अभियन्ताहरूलाई !

अभियन्ताहरूलाई !

गोविन्द वर्तमान
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली