सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वतन्त्र !

Nepal Telecom ad

स्वतन्त्र भन्नाले अरु कसैको बन्धन, दबाउ, अधिन आदिमा नरही आफ्नै स्तंत्रता वा शासनाँ सुझी बुझी रहन पाउनु स्वाधिन हुनु पराधिन नहुनु भन्दा अनर्थ नपर्ला ! भनौ भने अरुको अवलम्वन, आधार वा आशक्ति केही नभएको स्वतन्त्र रचना लेख्न सक्नु, स्वन्त्र वोल्नु, स्वतन्त्र हिंडनु, स्वतन्त्र खानु, स्वतन्त्र जानु, स्वतन्त्र मतदान दिन सक्नु आदि आदि । अझ भनौं भने नियम विधि वा प्रतिबन्धबाट मुक्त, मनाँ आए निस्कन पाउनु फुत्त, जस्तो कि स्वतन्त्र नागरिक, स्वतन्त्र, चिन्तन, कसैसँग सम्पर्कै गर्न नपर्नु । अलग भिन्न रहनाको भाव अर्थात अवस्था जहाँ कसैको शासनिक भाव, रोकावट, बन्धन, आदि नभई आफ्नो संगत आफै स्वयं गर्ने शक्ति अधिकार, स्वातन्त्र हुनु नै त हो नि हैन र हजुर ?

यहाँ हरेक चिजको स्वतन्त्रता छ । हुनु पनि पर्छ ! हाम्रो देश नेपालकै कुरा गर्ने हो भने पनि संसारलाई ब्रिटिसले गुलाम बनाउँदा पनि नेपाल स्वतन्त्रै थियो । या ने कि हामी नेपाली स्वतन्त्र थियौ । मानौ स्वतन्त्रता हाम्रो भाग्यमा छ । स्वतन्त्र हुनु हाम्रो पुर्खाको वीरताको प्रतिक हो । पुर्खाको देन हो, पुर्खाको इच्छा र चाहना पनि हो । त्यसैले पृथ्वीनारायण शाहले आफ्ना सन्तान दरसन्तान राजा महाराजाहरूलाई स्वतन्त्र बनाइदिए । त्यतिले मात्र नपुगेर सिंगो नेपाल र नेपालीलाई समेत स्वतन्त्र बनाउन बाइसे र चौविसे राज्यहरू जोडी सिङ्गो नेपाल स्वतन्त्र नेपाल र स्वतन्त्र नेपालीकै नामाकरण खडा गरिदिए । पृथ्वी नारायण वडा थिए सन्तान दरसन्तानको रोल खड़ा गरे । खड़ा भएका राजाहरू कोत पर्व, भन्डारखाल पर्व, दरवार पर्वां नाममा आ–आफै लडेर खड़ा भएका वडा भए । राणाले वन्दना बाँधे त के गर्नु जनताले खोलिदिएकै हुन् । भागेर दुतावासाँ छिर्या राजालाई सर्व सम्पन्न राज गद्दी भिराई दिए । स्वतन्त्र राजा महाराजाले स्वतन्त्र, शाही सेना, शाही वर्दिया राष्ट्रिय निकुञ्ज, शाही औषधी लिमिटेड, शाही नेपाल वायुसेवा निगम, शाही शुक्ला फाँट वन्यजन्तु आरक्ष, यसरी शाहीका नाममा स्वतन्त्र बन्दै गयो लाग्थ्यो देशै शाही मय भयो बाँकी पछि के भयो सबैलाई जानकारी भयो । पानी, चिया, दुध जे जे तताए पनि उम्लन्छ तताउनु स्वतन्त्रता हो धेरै तातेपछि उम्लनु पनि दुधको स्वतन्त्रता हो, उम्लेपछि आफ्नो भाँडोको स्थान छोडेर भुइँमा पोखिनु पनि दुधको, चियाको र पानीकै स्वतन्त्रता हो । होइन भन्ने को हो !

स्वतन्त्र स्वतन्त्र जता हेर्यो उतै स्वतन्त्र, फेसबुकमा स्टाटस लेख्न स्वतन्त्र, स्टाटस लेखेर पत्रकार हुँ भन्न स्वतन्त्र, लेखकले जे लेख्यो उसलाई लेख्न स्वतन्त्र, पाठकलाई पढे पनि, स्वतन्त्र, नपढे पनि स्वतन्त्र, नेतालाई आफ्नो क्षेत्राँ, झरे पनि स्वतन्त्र नझरे पनि स्वतन्त्र देशाँ भ्रष्टाचार गरे पनि स्वतन्त्र, भष्टाचारकै खेतिमाँ झरे पनि स्वतन्त्र । सरकारी स्कुलाँ दरबन्दी भए पनि स्वतन्त्र नभए पनि स्वतन्त्र, विध्यार्थी आए पनि स्वतन्त्र नआए पनि स्वतन्त्र, मास्टर साप आए पनि स्वतन्त्र, काजाँ गए पनि स्वतन्त्र, सरको घराँ रोपाइ भए पनि स्वतन्त्र, दलाना तासा खालाँ गए पनि स्वतन्त्र, विध्यार्थी पढे पनि स्वतन्त्र, नपढे पनि स्वतन्त्र । देशाँ जनताले लाए पनि स्वतन्त्र, नलाए पनि स्वतन्त्र, मुलुकाँ युवाहरूले काम पाए पनि स्वतन्त्र नपाए पनि स्वतन्त्र, जनताले खाए पनि स्वतन्त्र, नखाए पनि स्वतन्त्र, देशका सबै जनता देशाँ बसे पनि स्वतन्त्र, विदेशाँ वाटो कसे पनि स्वतन्त्र ।

देशाँ नेताजीहरूले देश बनाए पनि स्वतन्त्र, भत्काए पनि स्वतन्त्र, नेपाल बन्द गराएपनी स्वतन्त्र, नेपाल बन्द खुलाए पनि स्वतन्त्र, विदेशाँ श्रीमती, छोराछोरी घुमाए पनि स्वतन्त्र, नघुमाए पनि स्वतन्त्र, गाडी चढे पनि स्वतन्त्र, नचढे पनि स्वतन्त्र, पजेरो चढे पनि स्वतन्त्र, नचढे पनि स्वतन्त्र, इमानदार भए पनि स्वतन्त्र, नभए पनि स्वतन्त्र, लेप्चे छाप भए पनि स्वतन्त्र, पढेलेख्या भए पनि स्वतन्त्र, देशको चिन्ता गरे पनि स्वतन्त्र, आँफ्नै चिन्ता गरे पनि स्वतन्त्र ।

देशाँ सार्वजनिक साधनले खाँदी–खाँदी मान्छे लादे पनि स्वतन्त्र, दालचामलका बोरा ओसारे पनि स्वतन्त्र, सार्वजनिक सवारी घराँ राखे पनि स्वतन्त्र, पेट्रोलको लाइनाँ बस्दै पेट्रोल बेच्दै गरे पनि स्वतन्त्र, सिँडीकेटको नियम लागु गरे पनि स्वतन्त्र, नगरे पनि स्वतन्त्र, ढोकाँ यात्रु झुण्डयाए पनि स्वतन्त्र, चल्दै गरेको गाडीबाट यात्रु भकुण्ड्याए पनि स्वतन्त्र, तोकेको भाडा उठाए पनि स्वतन्त्र, दोब्बर भाडा ठटाए नि स्वतन्त्र, रुटाँ गाडी हिँडे पनि स्वतन्त्र ठूटाँ गाडी ठोके पनि स्वतन्त्र, देश पुरै स्वतन्त्र, देशका हरेक निकायहरू स्वतन्त्र, त्यो भन्दा बढी देशका ठेक्का पट्टा र भागबण्डा गर्ने बढी स्वतन्त्र, स्वतन्त्रै स्वतन्त्र ! प्रजातन्त्राँ लोकतन्त्राँ ठूलावडा झन तगड़ा स्वतन्त्र !

हाल : अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले