केही नदिने भगवान् !
टिपेर पत्थरलाई पूजामा राखिँदा
ईश्वर बन्छ त्यो महान्
काली नदीको तीरमा ढुङ्गा भेटिँदा
शालीग्राम हुन्छ त्यो पवित्र धाम ।
बाटोमा घरी घरी गोडा ठोक्किँदा
आमै सम्झाउँने ढुङ्गो महान्
आफ्ना सुखदुख पोखिँदा
नाजवाफ सुनी दिने मन्दिर महान् ।
जीवनसारा तिमीमा पोखिँदा
अर्थै नबुझ्ने कोमल मन महान्
दर्शन सिर्फ एकपटक मागिँदा
संसारै छोडेर भाग्यौ किन भगवान् ?
तिम्रो त शरीर ढुङ्गैको छ
के बुझ्छौ र दिन्छौ हे भगवान् !
काठमाडौं