सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

Nepal Telecom ad

१.
को को कति सहि छन् खोज हुनुपर्छ
नचाहिने कामको पो बिरोध हुनुपर्छ ।
को हो आफ्नो को पराई छुट्टिसकेपछि
राष्ट्रवादीहरूको एउटै सोच हुनुपर्छ ।

२.
अचम्म मान्छौ किन ? नेताले विकासको कुरा गर्दा
अँध्यारो हटाएर उज्यालो प्रकाशको कुरा गर्दा ।
के हामी दाश हुनु पर्ने हो ? नत्र किन यो बिरोध
स्वाभिमान् जोगाउने अठोट र साहसको कुरा गर्दा ।

३.
गल्ती के गरे सपनाको देश बनाउँछु भन्दा
हिन्द सागरमा आफ्नै जहाज चलाउँछु भन्दा
बैरीहरूलाई छट्पटी सुरु भएको छ साथी
वर्षौंदेखिको एकाधिकार नीति ढलाउछु भन्दा ।

४.
बिगार्न खोज्नेहरूले नै सपारि दिए मलाई
खोलाको बीचमा अलपत्र थिएँ तारिदिए मलाई
मेरा यी काँधहरू बलिया देखेरै होला
यो देश विकास सम्बृद्धिको भारी दिए मलाई ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी