म गरिब टाट तन्नम पुङ्गमाङ्ग
मेरो अनुहारमा प्रष्ट छन् मेरो अवस्थाका छापहरू
ऊ धनी मालिक सेठ
त्यसको अनुहारमा पनि किन मेरै छापहरू ?

ठ्याक्कै उही चिन्ताका डोबहरू छन्
उस्तै छन् आँसु रित्तिएका आँखाहरू
उही त्रासका बादल छन्
उही आशाका किरणहरू ।

ठ्याक्कै उस्तै दुरुस्तै उही
दुवै करुणाका पात्र
हो उसंग धेरै सरकारी कागजहरू छन्
हामी बीचको फरक त्यहि मात्र
हामी बीचको फरक त्यहि मात्र ।

काठमाडौं