गोपाल प्रसाद रिमालसँग अचानक भेट भयो सपनीमा । मर्त्यलाेकमा छँदा कालो टोपी, लवेदा सुरुवाल र कोटमा सजिने रिमाल स्वर्गलोकमा गएपछि सुट टाइमा सजिन थालेछन् ।

यो परिवर्तित पोशाकको बारेमा मैले जिज्ञासा राख्न नपाउँदै उनले ‘समयअनुकुलको परिवर्तन’ भनेर स्पस्टीकरण दिए । ‘कहीँ तपाइले आफ्नोे चर्चित कविता आमाको सपनालाई पनि परिवर्तन त गर्नुभएन ?’ मेरो जिज्ञासा चुहिन नपाउदै उनले भने– ‘समय अनुकल सवै थोकको परिवर्तन त गर्नै पर्छ नि ।’ यति भन्दै संशोधित आमाको सपना सुनाउन थालिहाले ।

स्वर्गीय गोपाल प्रसाद रिमाले मलाई सुनाएको सो कविताको छोटो अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिदिएको छु :

आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो भाँङ र अफिमको भन्दा पनि
तेजिलो नशा छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको
चुम्बकजस्तै गुत्वाकर्षण रहेको
तिमी एक हतियार देख्नेछौ ।
सत्ता, शक्ति र सम्पतिलेयुक्त
त्यो हतियारले तिमीलाई
मदारीले सर्प लठ्याए झै लठ्याउने छ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
अचम्भित हुने छौै,
तर त्यो मोहिनी भन्दा पनि बढ्ता
आकर्षणको प्रतिमुर्ति भएर आउने छ ।
मन्त्रमुग्ध भएर तिमी त्यसमा लट्ठिने छौ

आफ्ना विगतका बाचा कबोलहरू सारा बिर्सेर
त्यसमा लिसो टाँसिए झै टाँसिइरहने
प्रयासमा लाग्ने छौ ।

–ज्योतीलाल बन