सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोही खुसी छैनन्

Nepal Telecom ad

निभा’कै छु जिम्मेवारी कोही पनि खुसी छैनन् !
के गरौं म हे मुरारी ! कोही पनि खुसी छैनन् !

घर भाँड्ने आइमाई कुरा नसुनाउनु भनेको’थें,
न त आमा न बुहारी कोही पनि खुसी छैनन् !

असीम तृष्णा भर्दिएर गल्ती गरे ब्रह्माजीले,
यो लोकका नरनारी कोही पनि खुसी छैनन् !

बजेट विनियोजन गर्दा सिधै गाउँ पठाइयो,
मातहतका अधिकारी कोही पनि खुसी छैनन् !

फोटोभरि पराइ नारी आहा ! भनी र्याल काढ्छन्
अचेल तपाई हाम्रा प्यारी कोही पनि खुसी छैनन् !

डाक्टर पाइलट मन्त्री बन्नु भन्थे आशिष दिनेहरू !
गजलकारको भो चिनारी कोही पनि खुसी छैनन् !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस