सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिग्रेको घडी

Nepal Telecom ad

ओरालो झरिरहेकी गाउँले बालालाई
उकालीमा सोधेँ–
‘यो डाँडा काटेर पारीसम्म पुग्नु छ
कति बज्यो होला बैनी ?’
जिस्किइन उनी
‘दाइ, तिमिले बाँधेको घडि कि आलु ?’
भनेँ,
‘ब्याट्री सकिएछ
थाकेर मस्त आराम गरिरहेछन् सुइहरू
तर बैनी
यो घडीले दुईपटक त सही समय दिन्छ ।’
पिँपिरी बजाउँदै
ग्रामीण बाला बेसीतिर झरेपछि
सोचेँ–
ब्याट्री राख्न अल्छी गरेर
कि विचार पनि घडिजस्तो बिग्रेको लगाएर हिँडिरहेछौँ हामी ?
र फुर्ती लगाइरहेछौँ–
‘दुई पटक त सही बाटो देखाउँछ’ !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली