सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चितवनमा खित्कौली कार्यक्रम

Nepal Telecom ad

चितवन/असोज ५, २०७० । चितवनलाई गजलको राजधानी भनिन्छ । गजल राजधानी चितवनमा गत हप्ता राष्ट्रिय हास्यव्यङ्ग्य साहित्य सम्मेलनका रूपमा रमाइलो कार्यक्रम सम्पन्न भएको थियो । कालिका एफएमले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको हास्यव्यङ्ग्य कार्यक्रका मूख्य अतिथि हुनुहुन्थ्यो प्राध्यापक मोहनराज शर्मा । अतिथिका रूपमा निम्त्याइनु भएको थियो वरिष्ठ हास्यव्यङ्ग्यकर्मी नरेन्द्रराज पौडेल, नरनाथ लुइँटेल, चट्याङ मास्टर, लक्ष्मण गामनागे, गोविन्दबाबु तिवारी, टङ्क आचार्य, हरि खनाल आदि । कालिका एफएम परिसरमा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो अध्यक्ष एवम प्रवन्ध निर्देशक विक्रम पाण्डेले ।
कार्यक्रमको समद्घाटन गर्दै प्रा. मोहनराज शर्माले यो देशको वर्तमान अनिश्चय र अराजक भइरहेको हुँदा पनि हामी स्रष्टा र सर्जकहरूको दायित्व अझ बढेको बताउनु भयो । उहाँले हास्यव्यङ्ग्य विसङ्गतिलाई सङ्गतिमा ल्याउने प्रभावशाली माध्यम भएको हुँदा यसको विकास हुनुपर्दछ भन्नु भयो ।
फित्कौलीका सम्पादक नरनाथ लुइँटेल, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गामनागे, नरेन्द्रराज पौडेल आदि वक्ताले हास्यव्यङ्ग्य सिर्जना र कलालाई प्राथमिकता दिएर राष्ट्रिय हास्यव्यङ्ग्य साहित्य सम्मेलनको आयोजना गरेकामा कालिका एफएम परिवारप्रति अभार व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।
पाँचथर, धादिङ, दाङ, नवलपरासी देखिका हास्यव्यङ्ग्य स्रष्टा एवम कलाकारहरूको सहभागिता रहेको कार्यक्रममा हास्यव्यङ्ग्य कविता, गीत, प्यारोडी कयारिक्रेचर, प्रहसन आदि प्रस्तुत गरिएको थियो ।
यसरी आफ्ना हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्नेहरूमा सदानन्द आभागी, तिलक आचार्य, नविन ढुङ्गेल, भरतमणि भट्ट, इन्द्र प्रसाद वाग्ले, सूर्यप्रकाश जमकटेल, लक्ष्मण गामनागे, नरेन्द्रराज पौडेल, चट्याङ्मास्टर, हरि खनाल, नरनाथ लुइँटेल, गाविन्दबाबु तिवारी, टङ्क आचार्य लगायत स्थानीय स्तरका डेढ दर्जनभन्दा बढी हास्यकर्मी हुनुहुन्थ्यो ।
कालिका एफएमबाट चार घण्टासम्म प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रमलाई प्रत्यक्ष हेर्न उल्लेखनीय स्रोताहरू एफएम पसिरको मञ्चस्थलमा उपस्थित भएका थिए ।
कार्यक्रमलाई सफल बनाउन आएका हास्यकर्मी अतिथिहरूलाई मायाको चिनो तथा कार्यक्रमा सिर्जनासहित सहभागी हुने स्रष्टा एवम कलाकालाई प्रमाणपत्र प्रदान गर्दै विक्रम पाण्डेले र स्टेसन म्यानेजर रिना गुरूङले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad