सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के के भन्छन् ! भन्छन् !

Nepal Telecom ad

१. ‘या निशा’ पो अघि भन्थे ! ज्ञानी ज्ञान वोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्का व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन् ! भन्छन् !

३. कत्रा विद्वान् ! कत्रा ज्ञाता ! आफ्नो ज्ञानलाई
आफैं राहु केतु वन्दै के के भन्छन् ! भन्छन् !

४. लोक तन्त्र आएको छ ! नरिवल भयो !
प्रगतिको विरोधमा के के भन्छन् ! भन्छन् !

५. कवि स्रष्टा सृजनामा आधाउधि मात्र
राज नीतितिर दौडी के के भन्छन् ! भन्छन् !

६. केको ज्ञान केमा पोख्छन् ! सर्वज्ञ रे ! हरे !
कति मान्य वुद्धि भ्रष्ट ! के के भन्छन् ! भन्छन् !

७. ‘वाँच अनि यी टोड्काले हेर्नु पर्छ !’ भन्थे !
हो पो रे’छ ! वुद्धि भ्रष्ट के के भन्छन् ! भन्छन् !

८. भविष्यका छक्क पर्लान् ! इतिहास पढी
भविष्यको शोच विनै के के भन्छन् ! भन्छन् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी