सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेर त हाम्रो बुद्घि

Nepal Telecom ad

हामीले खुरुखुरु पढ्यौँ
सधैं अगाडि बढ्यौँ
नेता बिचरा पढाई छोडि छोडि
कहिले ढुङ्गा हान्नेमा लागे
कहिले टायर तान्नेमा लागे
कहिले आन्दोलनमा हिंडे
कहिले पुलिससँग भिडे
आज देशको ढुकुटी सकेर
दुई चार पैसो कमाए त के भो
ठेकेदारी दिँदा होस् कि
चन्दन ब्यापारीसँग लिँदा होस्
दुईचार करोड समाए त के भो त
हेर त हाम्रो बुद्धि !
कस्तो उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त नेताज्यूको बुद्धि फेरिएछ ।

हामीले समयमै विवाह गरिम
उनीहरू जेलतिर गए
हामीले समयमै सन्तान उत्पादन गरिम
उनीहरू ढिलो बाआमा भए
आज कसैले सरकारी ढुकुटीले पढाए
कसैले शहीदको छात्राबृत्तिमा पठाए के भो त
हेर त हाम्रो सुद्धि !
खाली उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त राम्रो सोच नेताज्यूको पो फेरिएछ ।

हामीले दुखले दुई चार पैसो कमायौँ
उनीहरूले सजिलै करोडौँ कमाए
हामीले कसैलाई बाडेनौँ
उनीहरूले पार्टीलाई समेत थमाए
आँटिला र गाँठिलाहरू प्रतक्ष लडे
छेरुवा र हरूवाहरू समानुपातिकमा परे
जे गरे बिचरा राम्रै गरे
हेर त हाम्रो अक्कल
कसैलाई तस्करी भनेका छौँ
कसैले घुसखोरी भनेका छौं
कस्तो उल्टो उल्टो नजरले हेरिएछ ।
हाम्रो भन्दा राम्रो बिचार त
नेतज्यूमा पो फेरिएछ ।

टनकपुर बेचे पनि, कालापानी बेचे पनि
धोबीखोला बचाका छन टुकुचा बचाका छन्
भूकम्प पीडितको नामको
जस्ता पाता पनि यिनैले पचाका छन्
देशै बेची खाएछन् भने पनि के भो त
हेर त हाम्रो खोपडी
कसैलाई जनताघाती भनेका छौँ
कसैलाई राष्ट्रघाती भनेका छौँ
कस्तो कस्तो नजरले हेरिएछ
हाम्रो भन्दा तगडा बिचार त
नेताज्यूमा पो फेरिएछ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम