सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबा र हंसावती सम्मानित

Nepal Telecom ad

नारी स्रष्टाहरूको समूह गुञ्जनले साहित्यकार बाबा बस्नेत र हंसावती कुर्मीलाई बिहीबार राजधानीमा सम्मानित गरेको छ । नेपाली भाषा साहित्यमा योगदान पुर्याएबापत बस्नेतलाई गुञ्जन प्रतिभा पुरस्कार र अवधि साहित्यमा पुर्याएको योगदानबापत कुर्मीलाई गुञ्जन बहुभाषिक स्रष्टा सम्मान दिइएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कार र सम्मान हस्तान्तरण गर्नु भयो । पुरस्कारमा नगद दस हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्र थिए ।

उपन्यास, नाटक, कथा, गीत संग्रह, कविता, शोक काव्यदेखि निबन्ध विधासम्मका एक दर्जन कृति निकालेकी बस्नेतको व्यक्तित्व र कृतित्वबारे प्रा. बालकृष्ण अधिकारीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठान उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकार पदमावती सिंह, गुञ्जनकी अध्यक्ष गीता केसरी लगायतले पुरस्कृत र सम्मानित स्रष्टाको योगदानबारे चर्चा गरेका थिए । अध्यक्ष केसरीले आउँदो वर्ष गुञ्जनले सबै भाषाभाषीलाई समेटेर उखान टुक्टा सङ्ग्रह निकाल्ने योजना रहेको बताउनु भयो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad