एक्लै देख्नै हुन्न छोरी बारीमा
आइहाल्छ भुसतिघ्रे तोरीबारीमा ।।

फोनमा कुरा हुन्छ मध्य रातमा
हिजो पनि छोडी डोरी बारीमा ।।

केही गर्छु भन्ने लागेर नै होला
अतिथि अफ्रिकन गोरी बारीमा ।।

पशु वरु मान्छे भए मान्छे पशु
दिउसै कस्ले गर्छ चोरी बारीमा ??

सबैको आँखाको नानी थिई त्यो
आफै हत्या गरेर मोरी बारीमा ।।

असाध्यै श्रृङ्गार पट्टार गर्ने गर्थी
ऐना हेरीकन कपाल कोरी बारीमा ।।

तनहुँ