सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलजिब्रे

Nepal Telecom ad

सन्दर्भ : काबुल नरसंहार र २०७२/३/६

बग्दाद घाँटी रेट्छ
सगरमाथामा रगत बग्छ
काबुलमा बम पड्किन्छ
सगरमाथा थर्थराउँछ !!

के बिगार्यो र ए !
यो सर्वोच्च हिमालले
हमला हुन्छ तारन्तार
मर्म मर्ममा ताकेर !!

पसिना त पोखिँदै थियो
रगतै किन खोज्छन्
आधुनिक आताताई ती
कंसका असूर गणहरू !!

कस्तो संस्कार रैछ त्यो
पाहुनाको भोग खाने !
आदिम कथा जस्तो
जो देख्यो त्यै लुछ्ने !!

भक्कानो परेको छ यहाँ
सिलौटो जत्रो आज
करोडौं छातीहरूमा
कर्मवीरमाथि प्रहार हुँदा !!

अन्याय भा छ घोर
फट्कारिन्नन् किन
काला छन् र जिप्रा यहाँ ?
चुक्चुकायो बेसरी हृदय !!

हाम्रो मुखिया कल्जिब्रे
छिमेकी मुखिया कल्जिब्रे
विश्व मुखिया कल्जिब्रे
मन चिरिएपछि लाग्छ
सबका सब कल्जिब्रे !!

ओ शस्त्रधारीहरू हो !
खोज न मान्छे एक पटक
अन्तरकुन्तर बाँकी
तिम्रो छातीमा पनि छ कि !!

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कोजाग्रत महिमा

कोजाग्रत महिमा

कृष्णदेव रिमाल
हिमाली पुकार !!

हिमाली पुकार !!

कृष्णदेव रिमाल
अर्जुन शर्माको घडी

अर्जुन शर्माको घडी

कृष्णदेव रिमाल
साँढा शासन

साँढा शासन

कृष्णदेव रिमाल
सात सुसेली

सात सुसेली

कृष्णदेव रिमाल
ड्याङका सप्रेका मूला

ड्याङका सप्रेका मूला

कृष्णदेव रिमाल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला