‘कस्तो भव्य महल ?! कुनै ठुलै धनीमानीको होला !’ पहिलो पटक देखेको उसले टिप्पणी गरी हाल्यो ।

‘धनी नै हो घरवाला, तर दुर्जन छ ।’ सँगैको साथीले इतिहासको लुकेको पाना पल्टाउने कोशिस गर्यो ।

‘दुर्जन ? कसरी ?’ ऊ झसङ्ग भयो ।

‘त्यो महल जहाँ खडा छ– पहिला त्यसमुनि चिहान थियो । वरिपरि सानो बाटिका थियो । जो यहाँ आउँथे उनीहरूको एउटै आवाज हुन्थ्यो, ‘कस्तो सज्जन मानिस थ्यो त्यो, सामाजिक, कम्ता मिलनसार थिएन । उस्तै जोशिलो ।’

आगन्तुकहरू फूल चढाउँथे, जान्थे । अहिले यहाँ साँझ परेपछि भए भरका जुवाडे जम्मा हुन्छन् र छाती पिटी पिटी छक्का हान्छन् ।’

काठमाडौं