सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भालेम् टाइम् दे

Nepal Telecom ad

(भोलेपोथीको भजन)

१) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

२) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ ।
भए आफ्नी साली देऊ, अर्काको सालो लेऊ
आफू एक्लै कति माया गरिरहन्छौ ? अब अर्कालाई पालो देऊ ।
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

३) सक्छौ भने आफ्नी श्रीमतीको तन देऊ, सक्छ्यौ भने अर्काकै श्रीमान्को मन लेऊ । नगदमै गर मायालुको साटासाट– उधारोमा गरे हुन्छ काटाकाट !
आजै लगाउलान् कन्सुत्ली– फुर्सदमै परोस् भुत्लाभुत्ली ।
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

४) ईखको आगो छातीमा जलन । ‘ह्विस्की, वाइन, बियर’ पिउँदै ‘डार्लिङ–डियर’ ढलमै ढलन । कति रमाइलो ! रमितेलाई हँसाउने चलन !
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

नैकाप, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने