सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खञ्चुवा

Nepal Telecom ad

बिहान उठ्यो चिया खायो, नास्ता खायो, खाना खायो,
खाजा खायो, चिया खायो फेरि खाना खायो,
दिनभरिमा दसफेर खायो,
ढ्याउ गर्यो, बल्ल अघायो, निदायो ।
सधैँ डुल्ने हरिलठ्ठक बुद्धि हेर हेर,
भोक लाग्छ तीनफेर खान्छ दशफेर ।

एउटा भन्छ, मलाई लास्ट गाँस भन्दा बढी रुच्दैन,
उसले भन्यो मलाई त त्यतिले नि पुग्दैन ।
जब भुँडी भुइँतिर झुक्छ अनि पुग्छ रे
लास्ट गाँस खाएपछि पनि दुईतीन गाँस बढी रुच्छ रे ।

ससुराली गई श्राद्ध खान्छ, भुँडी फुट्ने गरी ,
खाँदाखाँदै ढ्याउ गर्छ धर्ती फुट्ने गरी ।
खान्न–खान्न लोकाचारझैँ,
कहिले पेटै अटेसमटेस, खान्छ धेरैधेरै,
कहिले अरु खान्छन्, मेख मारी ऊचाहिँ हेर्याहेर्यै ।

कुबेरकोमा गणेश आएझैँ भुँडी हल्लाउँदै आउँछ,
तीनपाथीको भात त ऊ एक्लैले बुत्याउँछ,
काम गर्न सक्दिनँ बरु निदाउँछु भन्छ,
म कलियुगको कुम्भकर्ण उ आफैँले भन्छ ।

दुश्मनलाई एक मुक्कामा नै ढाल्छु भन्यो
तीन थाल भात खाएपछि ऊ आफै ढल्यो ।

चारघरे, नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’