१.
रोगले छोयो
हस्पिटलमा गयो
नक्कली जाँच ।

२.
जान्दैन भाँच्न
उफार्छ कम्मर त्यो
नक्कली नाँच ।

३.
शिक्षामा झुठो
अध्यापन गरायो
नक्कली गुरु ।

४.
पूर्णता छैन
झुक्याउने आधार
नक्कली शुरु ।

५.
बिना कामको
बजेट पचाउन
नक्कली बिल ।

६.
गिद्दे त्यो दृष्टि
राख्दैन मानवता
नक्कली चील ।

७.
दक्षता छैन
योग्यता विहीनका
नक्कली नेता ।

८.
स्वार्थ शिद्धिमा
तल्लीन छ सधैंको
नक्कली सत्ता ।

९.
सृजना चोर्यो
वाही वाही मचायो
नक्कली कवि ।

१०.
रच्दछ ध्वाँस
लोकप्रियताको त्यो
नक्कली छवि ।

११.
मिचेर साँध
छिमेकी भन्दछ त्यो
नक्कली मित्र ।

१२.
पदच्युत भै
देशभक्ति जतायो
नक्कली सुत्र ।