सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविको पेट

Nepal Telecom ad

नेपाल सरकारले ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको साविक बमोजिमको सरकारी भत्ता एकाएक बढाएको छ । अब उप्रान्त कविवरले प्रत्येक महिना पन्ध्र हजारको साटो पच्चीस हजार नगद हातलागी गर्ने भएका छन् । यो संख्यात्मक हिसाब(किताबले एकमुष्ट दस हजार रुपियाँको खासा बढोत्तरी हो । अतएव यसलाई त्यति कम भन्न सकिँदैन । याने हाम्रो एकमात्र ‘राष्ट्रकवि’माथि राम्रै सरकारी ध्यान गएको छ । त्यसउसले आइन्दा यही नगदावृद्धिको अनुपातमा ‘राष्ट्रकवि’ घिमिरेको राष्ट्रियता ह्वात्तै बढ्न गए आश्चर्य मान्नु पर्दैन ।

‘गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जय जय जय नेपाल
सुन्दर, शान्त, विशाल ।’

हामीकहाँ मोटामोटी दुई प्रकारका कविको उपस्थिति रहेको छ । एक, खाली पेटको कवि भने दोस्रो पेट भरिएको कवि । यद्यपि कविहरूको पेट भरिएको हुन्छ भन्नेमा कमैले विश्वास गर्छन् । यसको कारण के हो भने अधिकांश कविहरू खाली पेट कवि नै हुने गर्छन् । र यस्ता खाली पेटका कविहरूका विषयमा एउटा व्यापक भ्रम के रहेको छ भने यिनीहरूलाई खानु(पिउनुसँग कुनै सरोकार हुँदैन ।

यी कविहरू अर्कै खालका प्राणी हुन् । अझ कतिपय त कविहरूलाई प्राणीसमेत ठान्न गाह्रो मान्छन् । किनभने कवि त भावनाको भोजन गरेर जीवित रहने गर्छन् । (रे !) । यो सरासरी कविता नलेख्नेहरूले समाजमा उडाएको हल्ला हो । मेरो विचारमा यी हल्लाबाजहरू पेटु प्रकृतिका पनि हुनुपर्छ । (बडेमानको पेटयुक्त) । यस्ता पेटुको आँखा कुनै कविको पेटसम्म पुगेको हुँदैन । असलमा यी राष्ट्रको ढुकुटीमा बलजफ्ती कब्जा जमाएर बसेका ‘राष्ट्रिय पेटु’हरू कसैसँग भोजन ‘सेयर’ गर्न नै चाहँदैनन् । चाहे त्यो कुनै कवि होस् अथवा नहोस् ! जे होस्, कविता नलेख्नेहरू जस्तै कविता लेख्ने कविहरूका पनि पेट हुने गर्छ । यो धेरैजसो खाली नै हुने गर्छ, यो अर्कै कुरा हो । वास्तवमा भावना र कल्पनाको भोजनले पेट भरिँदैन । केही गरी भरिए पनि फगत ग्यासले भरिएको हुनसक्छ ।

किनभने खाली पेटले ग्यासको उत्पादन गर्ने गर्छ । यसलाई ‘भरिएको पेट’ भन्न किमार्थ मिल्दैन । यति त तमाम खाली पेटका अनुभवी अर्थात् भोका कविहरूलाई थाहा नै छ । तर यहाँ सवाल खाली पेटका कविहरूका मात्र नभएर पेट भरिएका कविहरूका पनि हो । सबै कवि वस्तुतस् भोका हुँदैनन् । केही कविहरूले त आराम एवं सुविस्ताका साथ खाने—पिउने पनि गरेका छन् । यसर्थ कविहरूलाई केवल खाली पेटका ठान्नेहरूले ठूलो भुल गरिरहेका छन् । (शीघ्र भुल सुधार गरियोस्) । यस सन्दर्भमा हाम्रा ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे उदाहरणीय हुनसक्छन् । अब उनको पेट झन् भरिने भएको छ । किनभने वर्तमान सत्ताले ‘राष्ट्रकवि’ घिमिरेको भत्ता बढाएको छ ।

‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको पेट अतिरिक्त तवरले भरिने भएकोले दुई फाइदा एकसाथ हुनसक्छ । एक, कविहरू खाली पेटको भोको हुने गर्छ भन्ने गाउँघरमा चलनचल्तीमा रहेको ‘मिथ’ तोडिनेछ । र अर्को के भने ‘राष्ट्रकवि’को पेट कुनै सामान्य पेट होइन । यसले खाली पेटका कविहरूका पनि मजैले प्रतिनिधित्व गर्ने गरेको छ । दुवै खाले पेट मिलाएर यो ‘राष्ट्रिय पेट’ बनेको छ ।

यही सत्यरतथ्यलाई अहिलेको सरकारले आत्मसात गरेको हुनुपर्छ । यसले कविवर घिमिरेको ‘राष्ट्रिय पेट’लाई मात्र नभएर वर्तमान नेपाल सरकारको मौजुदा राष्ट्रिय संवेदनालाई पनि प्रस्टैसँग झल्काएको छ । हो, कमरेड खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री रहेको यो सत्ताले ‘राष्ट्रकवि’ घिमिरेको भत्ता बढाएर आफ्नो राष्ट्रियताको प्रगतिशील नवीकरण गरेको छ । यसलाई जनवादी राष्ट्रियताको प्रकटीकरण पनि भन्न सकिन्छ । यसअघि भत्तावाल ‘राष्ट्रकवि’लाई केवल मासिक पन्ध्र हजार नगद दिइन्थ्यो । अब गणतान्त्रिकरलोकतान्त्रिकर जनतान्त्रिक कमरेड ओली सरकारले कविवरलाई खटाखट गन्ती गरेर पच्चिस हजार रुपियाँ दिने भएको छ ।

‘ढुंगाको काप फोरेर पनि
उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कैल्यै
हुँदैन विफल ।’

प्रधानमन्त्री कमरेड ओलीको राष्ट्रियता तथा कवित्वको दोहोरो यात्रालाई एक्रोबाइटिक सन्तुलनले तय गरेकोमा ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको भत्ता सत्ताले बढाउनु आवश्यक थियो । अतएव यसलाई एक्कासी बढाएर यो सरकारले समयोचित कार्य गरेको छ । यस खातिर कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र कविवर माधवप्रसाद घिमिरेलाई एकसाथ हार्दिक बधाई दिन्छु । यही दोहोरो बधाईको केही भाग ‘राष्ट्रकवि’ घिमिरेले पाउने नगद पच्चिस हजार रुपियाँलाई पनि जाओस् ।

‘डाँडा र काँडा वन र बुटा
क्यै पनि उठ्तैन
नजिक केही हुँदैन
टाढा क्यै पनि छुट्दैन ।’

कान्तिपुर, असार २५, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा