मेरो देश बनाउने काङ्ग्रेस न वामे !
कोही चोर कोही डाँका, दुनियाँले छामे

जो आए'नि केही हुन्न, ढुक्क हुनुहोला
यसो भन्थ्यो,भूतपूर्व छापामार "रामे"

पढेहुन्छ इतिहास जसको पनि कालो
कोही बोले न बुझिने कोही चक्काजामे

बुद्धि विवेक आर्यघाट ज्ञान -सीप स्वाहा !!
केही गर्ने आँट छैन, हेर खुट्टा कामे !!!!

नेपाली नै छैन कि त नेपाली झैं आज
"भारतीय दलाल हुन्" भन्दै सबले "डामे"

चितवन