छत्तिस बर्ष बिते प्यारी नेताका पछि लागदा
पाकेका छन् झुलेका छन, खस्लान् ती खाउँला भनि
खस्यो खस्यो लौ झर्यो बल्ल जस्तै हुन्छ घरिघरि
गोबर मुत्र अनि झर्छ झर्दैन फल क्यै गरि ।

न झम्टेर भेटिन्छ, न लम्केर पुगिन्छ त्यो
दुई खुट्टा बिचमा उसको पाकेको हाल्लिन्छ त्यो
देख्दै रसिलो पोषिलो फल छ थपक्क झर्न तत्पर
सिङ्गै जीवन गयो आसमै झरेन फल त्यो तर... ।

काठमाडौं